२८ साउन ,बारा: करेन्ट लागेर एकजना मानिसको मृत्यु भएको छ ।
शनिबार विहन ७ः१० बजेको समयमा जिल्लाको माहागढीमाई नगरपालिका वडा नं. २ ईनर्वाको धान खेतमा सिंचाई गर्न मोटर जोड्ने क्रममा करेन्ट सर्ट हुँदा स्थानिय दुर्गा प्रसाद यादवको छोरा ३५ बर्षका सुरेन्द्र प्र.यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चनरदेव भगतको खेतबाट आफ्नो खेतमा पानी पटाउन मोटरको तार जोड्ने क्रममा करेन्ट लागि यादवको मृत्यु भएको बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।