४ भदौ,बारा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को उचिडी खेल मैदान किनारमा शनिबार विहान वृक्षरोपण गरिएको छ । स्थानिय यूर्निभसल यूवा क्लबको आयोजनामा भएको कार्यक्रमको शुभारम्भ बारा क्षेत्र नं.३ का संघिय सांसद रामबाबु प्रसाद यादवले मसलाको वृक्ष रोपेर गर्नु भएको हो ।

वृक्षरोपण अघि खेल मैदान परिषरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद यादवले बोटविरुवा पर्यावरण र मानवका लागी महत्वपूर्ण भएको बताउनु भयो । “बोट विरुवा बिना मानव, जिवजन्तु र स्वच्छ वातावरणको कल्पना गर्न सकिँदै । जिवका लागि अक्सीजनको आवश्यकता पूरा गर्ने काम बोटविरुवाले गर्ने भएकाले वृक्षरोपण आफैंमा महत्वपूर्ण कार्य हो, ” वहाँले भन्नु भयो ।

फरक प्रसंगमा कुरा गर्दै सांसद यादवले जनताका समस्या समाधानमा आफु सँधैं केन्द्रित रहेको र आगामी निर्वाचनमा जनताले आफुलाई दोर्याउने विश्वासमा रहेको बताउनु भयो । ३ बर्ष अघिबाट अलपत्र परेको बालगंगा खोलाको पुल संचालनमा ल्याउन जिम्वेवार भुमिका खेल्नु भएका यादवले जैतापुर रामनगर जोड्ने पुल निर्माण आफ्नो अर्को लक्ष्य रहेको बताउनु भयो । “म सँधै तपाईहरुको विचमा छु हुनेछु । विकास र जनताको हितमा काम गर्ने मेरो जिम्मेवारी हुन्छ”, वहाँले भन्नु भयो ।

कार्यक्रमका क्रममा यूनिर्भल क्लव तथा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८का अध्यक्ष चतुरबाबु वाग्लेले वडामा एम्बुलेन्सको आवश्यकता र पर्यटकिय क्षेत्र निर्माणमामा सांसद यादवको सहयोगको आशा रहेको बताउनु भएको थियो ।

वडा अध्यक्षले गरेको आशालाई निराश बन्न नदिने भन्दै सांसद यादवले आवश्यक कागजात तयार गर्न आग्रह गर्नु भयो । “तपाईहरु कागज बनाउनुस् । प्रकृया पुरा गर्न करिब ३ महिना लाग्न सक्छ । प्रकृया पुरा गरेर आउनुस म पुनः सांसद हुने वितिकै पहिलो काम यही र यहीँबाट गर्छु” यादवले प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रम अन्तरगत करिब डेढ विगाह क्षेत्रमा मसलाका ४ हजार ५ सय विरुवा रोपिएको छ ।

वृक्षरोपण कार्यक्रम १८ नं. वडा कार्यालय, स्थानिय मिसन एकेडेमी, सुनकोशि साकोस, सहजनाथ कंक्रिट उद्योग, जिल्ला वन कार्यालय बारा,नेपाली सेनाको राष्टिय सेवा दल र स्थानिय समेतको सहयोगमा गरिएको आयोजक क्लवका अध्यक्ष कविराज वाग्ले जनाए ।

कार्यक्रममा सहयोगि संस्थाका प्रतिनिधीहरु, विद्यार्थी, क्लवका पधादीकारी एंव सदस्यहरु र स्थानियको उपस्थीति रहेको थियो । क्लबका सचिव श्याम न्यौपानको स्वागत एवं स्थानिय सामाजिक अगुवा वेद प्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

वृक्षरोपण कार्यक्रमका थप फोटोहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय