बारा, २१ भदौ : जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयलाई जिल्लाकै नमुना बिद्यालयका रुपमा लिने गरिन्छ । ४ ओटा संकायमा पठनपाठन गर्ने जिल्लामै पहिलो सामुदायिक विद्यालयहरु मध्य एकमात्र बिद्यालय हो यो । बिज्ञान, बाणिज्य, शिक्षा र मानविकि गरी हाल ४ ओटा संकायमा पठनपाठन हुँदै आएको विद्यालयले जनाएको छ ।
छिमेकी जिल्ला रौतहट, सर्लाही, चन्द्रनिगाहपुर, महोत्तरी लगायतका स्थानका समेत बिज्ञान संकाय अध्यायका लागि यस विद्यालयमा आउने गरेका छन् । सोही संकायकै कारण बाहिरबाट आउने विद्यार्थीको संख्या यहाँ अधिक भएको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गंंगा बस्नेतले बताए । यसै कारण मध्य तराईमै नमुना बिद्यालयका रुपमा पहिचान बनाएको हो ,उनले भने ।
बिज्ञान संकाय अध्ययन गर्न जिल्लाकै बिद्यार्थीहरु अन्यत्र जानुपर्ने बाध्यता थियो । सिमरा माबिले बिज्ञान संकायमा पठनपाढन सुरु गरेपछि भने जिल्लाका बिद्यार्थीहरु अन्यत्र जानु पर्ने बाध्यता हटेको छ । बारा जिल्ला सहित मधेश प्रदेका जिल्लाहरुबाट राजधानी बाहिरिने बिद्यार्थीको केहीको नजरमा बर्षदेखी बाराको सिमरा पर्नु खुःशीको कुरा हो अध्यक्ष बस्नेतको भनाई छ ।
बिज्ञान संकायमा अघिल्लो बर्षको शतप्रतिशत नतिजाले बिद्यार्थीको चाप दिनप्रतिदिन बढि रहेको छ । जिल्लामा ८ ओटा बिद्यालयले बिज्ञान संकाल पठनपाठनको सम्बन्धन लिएपनि नतिजा राम्रो दिन नसक्दा सिमरामा यो संकायमा विद्यार्थीको चाप बढेको बस्नेत बताउँछन् ।
कक्षा ९ देखी १२ सम्मै प्राबिधिक शिक्षाको सुरुवात गर्ने तयारीमा लागेको उनले समेत बताए । हाल बिज्ञान संकायमा कक्षा १२ मा ३५ बिद्यार्थी भर्ना भएका छन् । कक्षा १ देखी १२ सम्म २ हजार बढी बिद्यार्थी अध्ययनरत भएको बस्नेतले बताए । सिमित शिटमा कक्षा ११ मा भर्ना गरिरहेको संयोजक तथा सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले जानकारी दिए ।
भौतिक पुर्वाधारले सम्पन्न , उल्लेखिय विद्यार्थी संख्या , शैक्षिक गुणस्तरमा सुधार, सिर्जनात्मक क्रियाकलाप, ई लाइब्रेरी, बिज्ञान प्रयोगशाला लगायत सुविधा विद्यालयमा छन् । बिद्यालयले विविध सुबिधा दिन विद्यार्थीसँगै अभिभावको समेतको रोजाईमा विद्यालय परेको स्थानिय यशोदा कुँईकेलले बताईन् ।
बि.सं. २०१४ सालमा प्राथमिक तहमा स्थापना भएको सो बिद्यालयले २०२८ सालमा नि.मा.बि. को पठनपाठन सुरु गरेको थियो । त्यसैगरी २०४३ सालमा माध्मामिक तह कक्षा ९ र १० पठनपाठन सुरु गरेको थियो । २०५४ सालमा उ.मा.बि. को सम्बन्धन पाएको हो , संयोजक सिटौलाले बताए ।
Simara ma bi