पुष्पराज खतिवडा
२३ भाद्र, सिमरा : ब्यवसायिक कारोबारको उधारो बाँकी रकम तिर्न नपरोस् भनी ब्यवसायीलाई मिटरब्याजी भनेर फसाउन खोजिएको भन्दै जितपुरका गोपाल प्रसाद कलवारका आफन्तले गुनासो गरेका छन् ।

बुधबार विहान बाराको सिमरामा पत्रकार सम्मेलन नै गरि उनीहरुले सिमराका सोहन शर्मा पिप्लेले कलवारलाई मिटरब्याजीको आरोप लगाएर फसाउन खोजेको बताए । सिमरा निवासी सोहनले कलवारलाई तिर्नु पर्ने करिब १५ लाख तिर्न नपरोस् भन्ने नियतले मिटरब्याजीको आरोप लगाएर दुःख दिएको कलवारका दाजु कन्हैया गुप्ताले बताए ।

“जस्काकारण एउटा ब्यवसायीको ब्यवसानै बन्द हुने अवस्था आएको छ । सुगरका विरामी मेरा भाईलाई लगाईको झुटा आरोप र प्रहरी धरपटडका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या आएको छ । पारिवारिक तनाव बढेको छ । स्वास्थ्यमा आएको समस्याबाट ग्रसित उनको हाल भारतमा उपचार भैरहेको छ,” गुप्ताले सुनाए ।

“सोहनले ९ बर्ष पहिला करलवारसँग कागज गरेर ६ लाख लिएका रहेछन् । सोको साँवा ब्याज अझै उनीसँग बाँकी नै छ । पैसा तिर्न सकिन म ब्यवसाय गर्छु, भनी भाईको जितपुर स्थीत रक्सी पसलबाट ४ लाख १९ हजार १५ रुपैंयाको रक्सी उधारो लिएर सिमरामा बम्बो कटेज सुरु गरे । उनको कटेज चलेन । कागज गरेको पैसाको साँवा, ब्याज र उधारो गरी करिब १५ लाख रुपैंया अझै उनीसँग मेरा भाईले लिनु पर्ने देखिन्छ । अनी उल्टै मिटरब्याजीको आरोप लगाएर दुःख दिन खोज्ने काम भयो”, गुप्ताले भने ।

उनले थप सुनाउँदै भने पटकपटक गरी रक्सीको उधारो सोहनले २ लाख २५ हजार मात्रै बुझाएका छन् । तर भदौ ५ गते जिल्ला प्रशासन कार्यालय बारामा २२ लाख ५० हजार तिर्दा समेत ऋण बाँकी रहेको भनी उजुरी गरे । उनको उजुरीपछि वास्तविकता नबुझि मेरा भाईलाई बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगट्टीको आदेशमा जितपुर प्रहरीले धरपकट ग-यो ।

गत बैशाष १५ गतेका दिन ईलाका प्रहरी कार्यालयमा छलफल हुँदा बाँकी रकम तिर्छु भनेर सोहनले मौखिक समेत सहमती गरेका थिए । तर सरकारले मिटरब्याजी विरुद्ध उजुरी दिन गरेको सकारात्मक कार्यलाई उनैबाट दुरुपयोग गर्दै मेरा भाईलाई फसाउने काम हुँदैछ, गुप्ताले सुनाए ।

जुन विषयमा बारा प्रहरीले वास्तीकता बुझ्नै चाहेन । सोहनसँग भएको ब्यवसायिक देनदेनका प्रमाण सुरक्षित छन् । हामीसँग प्रहरीले प्रमाण पेश गर्ने मौका समेत नदिएर धरपकट गर्ने । छुटा मुद्दामा फसाउँछौं, भनेर धम्काउने काम ग¥यो । जुन हाम्रा लागि दुःखद् बन्यो पत्रकारहरुसँग गुप्ताले गुनासो पोखे ।वास्तविकता सरकाले सुनेन तपाईहरुको सहयोग जरुरी ठान्यौं । तपाईहरुबाट हाम्रो न्यायका लागि सहयोग होस् , उनने भने ।

आरोपमा सत्यता छैन : शर्मा

सोहन शर्मा पिप्ले

यता गोपाल प्रसाद कलवारका आफन्तले पत्रकार सम्मेलन मार्फत ममाथी लगाएको आरोपमा ९५ प्रतिशत विवरण छुट भएको आरोपित सोहन शर्मा पिप्लेले बताए । हो उनीसँग २०७५ सालमा पहिलो पटक ३ लाख लिएको हुँ । उनले सात लाखको तमसुक गराएका थिए । दोस्रोपटक १ लाख ५० हजार लिएको हुँ । उनीसँग साँढे ४ लाख मात्रै लिएर ब्यवहार गरेकै हो ।

कलवारका दाजु कन्हैया गुप्ताले रक्सी पसलसँग कारोबार गरेर बाँकी नतिरेको भनेका रहेछन् । त्यो सत्य होईन । मैले कटेज चलाउँदा एकपैसाको रक्सी उनको शिखर कोल्ड स्टोरबाट लिएकै छैन । मेरो कटेज भ्याटमै  छ । त्यसको भ्याट तिरेको प्रमाण उसले देखाओस् । साँडे ४ लाखको मासिक ३३ हजार ५ ब्याज तिर्थेँ ।

ब्याज र साँवा गरेर २२ लाख ५० भन्दा बढी तिरिसक्दा समेत अझै बाँकी छ, भन्दै सार्वजनिक रुपमा चरित्र हत्या गर्ने, धाकधम्की गर्ने गरे । हामीलाई थप पिडित दिन थालेपछि समस्यामा थियौं । सरकाले दिएको समयलाई सदुपयोग गरी मिटरब्याजी कलवार विरुद्ध उजुर गरेको हुँ , शर्मा पिप्लेले सुनाए ।

उनले मेरो ७ करोडको सम्पती भएको अरोप कलवारका दाजुले लगाए छन् । उनीहरु र मेरो कमाईको वास्तविकता छानविन होस् । सबै थाहा हुन्छ । नाजाय गरेको छैन । उनीहरुका आरोप गलत छन् । अव अदालती प्रकृया उनीहरुसँगै छु । न्याय अन्याय छुट्याउने जिम्मा अदालतको हो, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय