पुष्पराज खतिवडा
२५ भदौ मनहर्वा,बारा: जिल्लाको उत्तरी क्षेत्रका १३ वटा निजि विद्यालयहरुको सहभागितामा भएको २ दिने कार्यशाला शनिबार सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ उचिडीमा रहेको मिशन एकेडेमी बोर्डिङ्ग स्कुलमा भएको कार्यशालमा १३ विद्यालयका कक्षा ८ देखी १० कक्षामा अध्यायनरत १४१ जना छात्रछात्रा सहभागि भएको थिए ।

क्वेस्ट नेपाल अन्तरगतको सिमरा तथा यूनाईटेड हबमा १३ वटा विद्यालयको मात्रै सहभागिता छ । हबले आयोजना गरेको विद्यार्थी गुणिय चक्र SQC{collaboration and continual improvement} कार्यक्रम हो यो । यस कार्यक्रमको मुख्य उदेश्य भनेको विद्यार्थीको क्वालिटी सर्कल तयार गरी उनीहरुलाई सर्वगुण सम्पन्न बनाउनु हो, क्वेस्ट नेपाल सिमरा हबका हब संयोजक किशोर श्रेष्ठले बताए ।

उनका अनुसार विद्यार्थीहरुले आफु, आफ्नो विद्यालय, समाज, शिक्षक विद्यार्थी साथीहरुमा भएका कमजोरी, समस्या र सवल पक्षको पहिचान गरी सुधार तथा अनुशरणमा मद्दत गर्ने कार्यक्रम हो यो ।

“दुईदिन चलेको कार्यक्रममा हबलागु भएका विद्यालयका १३ जनाको विधार्थीहरुको समुहले केही महिना अघिबाट आफुले भोगेका विभिन्न विषयमा तयार पारिएका समस्यामा समाधानका उपाय केलाएका छन् । समस्याका फरकफरक विषयमा छलफलगरी समाधान गर्ने उपायहरुको पत्ता लगाउन विधार्थीहरुलाई सहजिकरण गर्ने काम भयो । विद्यार्थीहरुले तयार गरेको कार्यपत्रहरु प्रस्तुत गर्ने देखी नृत्य चित्रकला लगायत प्रदर्शन गरेर कार्यक्रम समापन गरिएको हो,” हब संयोजक श्रेष्ठले बताए ।

भब्य रुयमा आयोजना गरिएको कार्यक्रमको जितपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेलले सुक्रबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै मेयर पौडेलले विद्यार्थीहरु प्रश्न गर्न मात्रै नभएर कार्यक्रमले उत्तरदायी बनाउने भएकाले सबै विद्यालयले यस्था कार्यक्रममा सहभागी हुनु पर्ने बताए ।

उनले प्रश्न विद्रोहको अंश भएको भन्दै प्रश्नले समस्या देखाउने र समाधान अनि परिवर्तनकालागि खबरदारी गर्ने काम गर्नेहुँदा प्रश्न गर्ने क्षमताको विकास गर्नु आफैंमा सफला हो, उनको भनाई थियो ।

कार्यक्रममा स्थानिय वडा नं. १८ का अध्यक्ष चचुरबाबु वाग्ले, शिक्षाविद् सुमनकुमार भट्टराई, शालिकराम अधिकारी, राजु कार्की , क्वेस्ट नेपालका प्रतिनिधीहरु लगायत दजनौं विद्यालयका शिक्षक, विद्यार्थीहरु एवं अभिभावकहरुको सहभागिता थियो ।

मिशन एकेडेमीका प्रबन्ध संचालक गोरेलामाको अध्यक्षतामा कार्यक्रम उद्घाटन एवं समापन भएको हो ।

थपमा फोटोहरु……

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय