२७ भाद्र ,सिमरा बारा:गैरकानुनी यौन कृयाकलापमा संलग्न ३ जना भारतिय महिलालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने तिनैजना भारतको मोतिहारी निवासी भएको प्रहरीले जनाएको छ ।

उनीहरु नेपाली राम्रोसँग बोल्न जान्दैनन् । घाँस दाउराको बहानामा राजमार्ग किनारमा बसेर देहब्यपारमा संलग्न रहेको पाईएपछि दुईदिनअधि प्रहरीले नियन्त्रणमा लिएको हो । जंगल क्षेत्रको राजमार्ग किनारमा खुल्लेयाम देहव्यपार हुने गरेको छ ।

यस्तो कार्यले समाजमा असर गर्ने भन्दै स्थानियको गुनासो बढ्न थालेपछि प्रहरीले निग्रानी बढाएको हो । सोही क्रममा पर्सा राष्ट्रिय निकुञ्जसँगै पूर्वपश्चिम राजमार्गको आधाभारबाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए ।

उनका अनुसार मालवाहक सवारी ट्रकका चालक तथा सहचालकसँगै यौन प्यास मेटाउन आउने पूरुषहरु उनीहरुका ग्राहक हुने गरेको पाईएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्गको आधाभार , दुधौरा र १२ किलो भन्ने स्थानमा वर्षौं देखि देहब्यपार हुने गरेको सुनिँदै आएको थियो । यी क्षेत्रमा प्रहरीले नियमित गस्ती बढाईएको छ ।

“पाका उमेरका महिलाहरुले राजमार्ग किनारमा बसेर मोलमोलाई गर्ने र जंगल भित्र यूवती राखेर देहब्यपारमा संलग्न गराउने गरेको पाईयो । यस्तो कार्यमा नेपाली महिला मात्रै नभएर भारतीय महिलाहरु समेत आउने गरेको ति महिला पक्राउसँगै नयाँ तथ्य फेला परेको छ,” उनले बताए ।

दिनभर राजमार्ग आसपास जंगलमा बसेर यौन व्यवसाय गर्ने भारतीय महिलाहरुको संख्या अधिक रहेको हुनसक्ने अनुमान यो घटनाबाट बुभिन्छ । घटना प्रति प्रहरी जानकार थियो । गुनासो पटकपटक आएका पनि छन् । तर नियन्त्रणका लागि मेसो मिलेको थिएन । यसपटक भने प्रहरी सफल भएको डिएसपी तिमल्सीलाले बताए ।

“हेर्दा घाँस दाउरा गरिरहे जस्तो देखिने हुँदा पक्रने आधार हुन्नथ्यो । शंकास्पद गतिविधि लागेको अवस्थामा पनि जंगलै जंगल भाग्ने हुँदा हामीलाई समस्या हुन्थ्यो ।” तिमिल्सिनाले भने “अहिलेको पटक प्रहरीले निक्कै हम्मे हम्मेका साथ शंकास्पद गतिविधी गरिरहेको अवस्थामा ३ जनालाई नियन्त्रण गर्न सफल भयो ।”

पार्किङ्ग बाहेकका स्थानमा सवारी रोक्न पाइन्न : ट्राफिक

दायाँ बायाँ जंगल विचमा हाइवे, हाइवेमा घण्टौं पार्क हुन्छन् ट्रक, मोटरसाइल । चालक जंगली यौनकार्यमा व्यस्त भइरहँदा सवारी राजमार्गमा रोकिन्छन् । तिव्रगतीमा सवारी आवागवमन हुने राजमार्गमा पार्किङ्गले दुर्घटनाको जोखीम पनि उत्तिकै बढाएको स्वयं प्रहरी बताउँछ ।

बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी

हाइवेमा पार्किङ्ग गर्नु ट्राफिक नियम विरीत हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले यस्तो पाईए कार्वाही गर्ने बताए ।

उनले भने “पार्किङ्गको बोर्ड लागेको बाहेकका सबै सडकजन्य स्थानलाई नो पार्किङ्ग एरिया भनेर बुझ्नुपर्छ । नियम विपरीत हाइवेमा लामो समय सवारी पार्किङ्ग गरेको पाईमा ट्राफिक प्रहरीले कडा कारवाही गर्छ । ”

जंगलको यौन विकृती रोक्ने प्रयासमा छौं : प्रहरी उपरिक्षक बोगटी

यता बालबच्चा भएको बताउने सिंदुर लगाएका दलित तथा मुस्लीम २५, २७ र ३४ वर्षका नियन्त्रित ३ जनासँग प्रहरीले सोधपुछ गरेको छ । सो क्रममा ज्यालादारी कामको बाहानामा नेपाल आई बारा पर्साका विभिन्न होटलमा भाडामा वस्ने तथा जंगलमा यौन कृयाकलाप गर्ने एउटा गिरोह नै रहेको संकेत पाएको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

२०६३ सालमा चपुरमा कार्यरत हुँदा पनि आउँदाजँदा यस्ता दृश्य देखेको भन्दै उनले भने “यो बारा जिल्लाको लागि चुनौती पूर्ण विकृती हो, यसलाई रोक्ने गरी अपरेशन नै चलाउँछौं । सबैको इमान्दार साथ पाए रोक्न असम्भव छैन ।” यो कुकार्यमा चालकहरुको पनि उत्तिकै दोष भएकोले दुवैलाई नछोड्ने भन्दै उनले अहिलेका लागि भने परामर्श सहित चेतावनी दिएर छाड्ने तयारी गरेको बताए ।

बोगटीले सो बाटो भएर हिंड्दा शंकास्पद लागेको अवस्थामा प्रहरीलाई सुचना दिएर सहयोग गर्न सबैलाई आग्रह गरे । उनले चालकहरुलाई पनि नसच्चिए कडा कारवाही भोग्नुपर्ने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय