३ असोज,बारा: ब्रम्हकुमारी राजयोग समिति पिलुवाले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थीत शान्ति बाटिकामा झण्डोतोलन सहितको विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
संबिधान दिवस २०७९ को अवरसरमा सोमबार उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । बाटिका परिषरमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा मेयर पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, ब्रम्हकुमारी राजयोग सेवा समिती बिरगजं क्षेत्रीय प्रमुख रविना दिदिले संयूक्त रुपमा फहराउनु भएको हो ।
झण्डोतोलनपछि आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख पौडेलले अध्यात्म र विज्ञानलाई सँगै लिएर जानु पर्ने बताउनु भयो । यसो गर्न सकेमात्रै मानव हित र विकासको सन्तुलन कायम हुने वहाँको भनाई थियो ।
फरक प्रशंगमा कुरा गर्दै नगरप्रमुख पौडेलले निजगढ अन्तराष्ट्रिय विमान स्थल निर्माणले गती लिने बाटो खुलेसँगै टाँगिया बस्ती ब्यवस्थापनमा प्रमुख चुनौती थपिएको बताउनु भयो । त्यहाँका १ हजार ४७६ बढी घरधुरीको उचित र न्यायोचित ब्यवस्थापनमा हामीले भुमिका खेल्नु पर्ने छ, वहाँले भन्नु भयोे ।
यस्तै प्रमुख जिल्ला अधिकारी कटवालले समाज नकरात्मक हुँदै गएको भन्दै चिन्ता प्रकट गर्नुभयो । समाज आफुले गर्न नसकेकोमा भन्दा अर्काको प्रगतीका कारण तनावमा छ । सकारात्म शिक्षा अहिलेको मुख्य आवश्यकता हो ।
तर नकारात्मक विचार र सुचनाको पकड बलियो बन्दै गएको समाजलाई सकारात्मक बनाउन शान्ती सहितको शिक्षाको ठुलो भुमिका हुन्छ । त्यसकालागि ब्रम्हकुमारी राजयोगको भुमिका अनुकरणिय रहेको वहाँको भनाई थियो ।
कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अर्याल, प्रहरी प्रमुख उपरिक्षक होविन्द्र बोगटी, राष्टिय अनुसन्धान विभागका प्रमुख उपरिक्षक सन्तोष ढुङगेल नेपाली सेनाका प्रमुख सेनानी भुपेन्द्र गोदार , शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, संजय भट्टराई लगायत शुरक्षा प्रमुख प्रमुखहरुको सहभागिता थियो ।
यस्तै वडा नं.१६का अध्यक्ष हरिदेव खरेल, डुमरवाना क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, सामाजिक अभियन्नता प्रकाश थारु, स्थानिय समाजिक अगुवा लगायत ब्रम्हकुमरी राजयोग प्रति आस्था राख्ने उल्लेखिय मानिसहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
यसै अवसर पारेर ब्रम्हकुमारी राजयोग यूवा प्रभागले शान्ति बाटिकामा साताब्यापी योग साधना शिविरको समते समुद्घाटन गरेको छ । भारतको दार्जिलिङ्ग निवासी योगगरु राजयोगी दुर्गा प्रसाद काफ्लेले शिविरको सहजिकरण गर्नु भएको हो ।
आजको कार्यक्रम राजयोगी गुणराज लामिछानेको सहजीकरण र ब्रम्हकुमारी गोमा बहनको संचालनमा सम्पन्न भएको थियो ।