८ असोज सिमरा,बारा
मानव अधिकार तथा शान्ति समान बारा शाखाको १९ औं जिल्ला साधारणसभा शनिबार सिमरामा सम्पन्न भएको छ । संविधानसभा सदस्य जयराम दाहालले सिमरा स्थीत होटल सम्यकको सभाहलमा समाजको जिल्ला सभाको उद्घाटन् गर्नु भएको हो ।

सभालाई सम्बोधन गर्नुहुदैँ प्रमुख अतिथी दाहालले लोकतन्त्रमा समेत मानव अधिकारको अवस्था कमजोर हुनु दुखद् भएको बताउनु भयो । उहाँले भन्नु भयो, “हिजो जनयुद्धमा मानव अधिकार हनन्का घटना धेरै भए । हिजोको तुलनामा आज कम छन् । तर घटेका छैनन् ,जुन दु:खद हो ।

” ब्यवस्था फेरीए पनि जनताको जिवन र अवस्था फेरिन नसक्दा मानव अधिकार समेत कमजोर बनेको उहाँको तर्क थियो ।
“संविधानले नागरिको गाँस, बास र कपासको ग्यारेन्टि गरेको छ । तर त्यसको कार्यान्वयन गर्ने निकाय, राज्य संचालनको जिम्मा पाउने दलहरुको कार्यशैली मावन अधिकार मैत्री छैन , ” संविधानसभा सदस्य दाहलले भन्नु भयो ।

कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव (मधेश प्रदेश)अमर गौतमले राज्यका संवैधानिक अंगहरुको भुमिका र सत्तामा बस्नेहरुको कार्यशैलीका कारण लोत्रतन्त्रको गरिमा कमजोर बन्दै गएको बताउनु भयो । “जव देशमा कानुन, न्याय र विधि कम्जोर हुन्छ ,तव मानव अधिकार माथी खतरा उन्पन्न हुँदै जान्छ,” उहाँले भन्नु भयो ।

कार्यक्रममा समाजका पूर्व केन्द्रिय कोषध्यक्ष हरि थपलिया, प्रदेशसभा सदस्य शोभा लामा, ईलाका प्रशासन कार्यलय सिमराका प्रमुख तारा प्रसाद आचार्य, एमाले नेता देवनारायण चौधरी, काँग्रेसका छविलाल शर्मा, जनता समाजवादीका राजाराम साह, शान्ति समाज बाराका पूर्व सभापति रघुनाथ लामिछाने, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी लगायतले मन्तब्य राख्नु भयएको थियो ।

कार्यक्रम समाज बाराका पूर्व उपसभापती पुष्पराज खतिवडाको स्वागत, पूर्व केन्द्रिय सदस्य सीता अधिकारीको संचालन र जिल्ला सभापति सृजना गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय