८ असोज,सिमराः जितपुरसिमरा उपमहानगरपालिका २ सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ( हातेमाले साकोस) को १५ औं बार्षिक साधारणसभा शनिबार सिमरामा सम्पन्न भएको छ । सभाको संस्थाको जेष्ट सदस्य १०१ बर्षिय नोककृष्ण मुल्मीले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा मधेश प्रदेशसभाका सदस्यहरु शोभा लामा, सीता गुरुङ्ग, जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी, बचत तथा ऋण सहकारी केन्द्रिय संघ लि.का संचालक हरेराम पटेलल, पत्रकार विदु खड्का लगायतले मन्तब्य राख्नु भएको थियो ।
१५ बर्ष अघि स्थापना भएको सहकारीले ३ हजार ८ सयबढी सदस्यहरुका बिचमा ६३ करोडको कारोबार गर्दै आएको छ । साँडे ५ करोड शेयरपुँजी, ४१ करोड बचत संकलन गरेकोे संस्थाको ५२ करोड रुपैँया कर्जा लगानीमा रहेको जनाएको छ ।
सिमरामा मुख्य कार्यालय रहेको सहकारीको हाल जितपुर, जोरलाईमाई, अमलेखगजं र मुख्य कार्यालय सिमरा सहित ४ स्थानबाट सदस्यलाई सेवा दिँदै आएको संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेले जनाकारी दिनुभयो ।२ करोड ६० लाख ६० हजार २६२ रुपैंया मुनाफा गरेको संस्थाले दशैं अघिबाटै लाभासं वितरण गर्ने जनाएको छ ।
बार्षिक सभामा प्रस्तुत भएका प्रतिवेदनहरु सर्वसहमतीबाट पास भएको छ । अध्यक्ष आलेको अध्यक्षता, उपाध्यक्ष क्षमा अधिकारीको स्वागत र सचिव दिपक प्रसाद भट्टको संचालनमा सम्पन्न भएको हो ।