९ असोज ,बारा
प्रहरीले सौतेनी आमाको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नंं ७ रंगपुरका शिवनारायण यादवका छोरा २५ बर्षका जयकिशोेरी यादव भएको बारा प्रहरीले जनाएको छ ।
उनले गत भाद्र ३० गते साँझ आफ्नै सौतेनी आमा ४८ बर्षकी तेतरी देवीलाई नागरिकता विवादमा खुकुरी प्रहारगरी हत्या गरेका थिए । तेतरीको खुकुरी प्रहारपछी घटना स्थलमै मृत्यु भएको थियो ।
सौतेनी आमाको हत्यागरी जयकिशोर फरार थिए । उनलाई पर्सा ईनर्वाबाट प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख होबिन्द्र बोगट्टीले जानकारी दिए । पक्राउ परेका जयकिशोरलाई हत्या अभियोगमा हिरासतमा राखी अनुसन्धान अगाडी बढाएको उनले बताए ।
विवाह गरेको लामो समय सम्म मृतक तेतरी देवीको नागरिकता नबनाइ दिएको विषयमा पारिवारिक विवाद हुँदा घटना भएको देखिएको छ ।
प्रहरी उपरिक्षक बोगट्टीका अनुसार शिवनारायण यादवसँग तेतरी देवीको ३० बर्ष अघि विवाह भएको थियो । उनको कोखबाट सन्तान नभएपछि शिवनारायणले दोस्रो विवाह गरेका थिए । विवाहको लामो समय वितिसक्दा समेत नागरिता नपाएकी तेतरी देवीले नागरिकता बनाईदिन पटक/पटक आग्रह गर्दै आएकी थिईन् ।
सन्तान समेत भएकी उनलाई नगरिता बनाईदिँदा अंश दिनु पर्ने बुझाईले गर्दा शिवनारायणका कान्छी श्रीमती र उनीपटीका छोरा जय किशोरको दवाबमा नागरिकता बनाउन सकेको थिएन । नागरिकता बने अंश दिनुपर्ने बुझाइका कारण उनलाई नागरिताबाट बन्चीत गरिएको थियो ।
प्रहरीले जय किशोरका बाबु ५५ बर्षिय शिवनारायणलाई कलैया उपमहानगरपालिका वडा नं.७ बाट भदौ ३१ गतेनै पक्राउ गरेको प्रहरीले छोरा जय किशोरलाई भने यही सुक्रबार पर्साबाट पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि मृतकका पनि शिवनारायण र छोरा जयकिशोर यादवलाई नियन्त्रणमा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख बोगट्टीले जानकारी दिए ।