९ असोज ,बारा :प्रहरीले ८२ हजार ५०० सय नक्कली नेपाली नोट सहित १ जनालाई पक्राउ गरी शनिवार सार्वजनिक गरेको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल बस्ने जगदेव महतो नुनियालाई उक्त परिमाणको नक्कली नोट सहित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सुचनाका आधारमा खटिएको प्रहरीले सुक्रबार साँझ पौने ८ बजे उनी सुत्ने कोठाबाट नक्कली नोट बरामद गरेको हो । बाँसको मचानमा लगाईएको ओच्छानमुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको अवस्थामा १००० दरका ८१ थान ५०० दरका ३ थान गरी जम्मा ८४ थान नक्कली फेला परेका हो ।
बरामद भएक नोटहरुसँगै नुनियालाई पक्राउ गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान भैरहेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगट्टीले जानकारी दिए