९ असोज मनहर्वा,बारा:
संबिधान दिवस २०७९ को अवरसरमा ब्रम्हकुमारी राजयोग यूवा प्रभागले जितपुरसिमरा उपमहानगरपालिका १६ को पिलुवा स्थीत शान्ति बाटिकामा आयोजना गरेको साताब्यापी योग साधना शिविर आईतबार विहान सम्पन्न भएको छ ।
पूर्वमन्त्री ज्वाला कुमारी साहले शिविरको समापन गर्नु भएको हो । ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र पिलुवा शान्ति बाटिका (पिस पार्क) की शंरक्षक समेत रहनु भएकी पूर्वमन्त्री साहले योग र साधानाले मानिसको शरिर अनी स्वभावमा साकारात्मक परिवतर्न ल्याउने बताउनु भयो ।
गत ३ गतेबाट सुरुभएको शिविर आज आईतबार सम्पन्न भएको हो । भारतको दार्जिलिङ्ग निवासी योगगरु राजयोगी दुर्गा प्रसाद काफ्लेले शिविरको प्रशिक्षण गर्नु भएको थियो ।
शिविरमा स्थानिय, शसस्त्र प्रहरी, विद्यार्थी सहित करिब ५ सय जनाले प्रशिक्षण सुविधा पाएको शान्ति बाटिकाका शंरक्षक राजयोगि गुणराज लामिछानेले जानकारी दिनु भयो ।
आजको कार्यक्रम राजयोगी लामिछानेको सहजीकरणमा भएको शिविर सम्पन्न कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवाकेन्द्रकी प्रमुख संचालिका मीना दिदि, ब्रम्हकुमारी गोमा बहन, सन्चारकर्मी, शुरक्षाकर्मी, स्थानियको सहभागिता रहेको थियो ।