२२ असोज बारा: ठुलो परिमाणमा नक्कली नेपाली नोट सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पिपरकोठी थाना बस्ने २५ बर्षका रंजित कुमार मुखिया हुन् । प्रहरीले उनको साथबाट ८ लाख ९५ हजार नेपाली नक्कली नोट बरामद गरेको जनाएको छ ।

उनलाई विशेष सुराकीका आधारमा गत २० गते साँझ ६ बजे जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा न.०५ कनकपुरबाट नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । प्रहरी नायव निरिक्षक श्याम प्रकाश यादवको कमाण्डमा खटिएको टोलिले उनलाई नियन्त्रणमा लिएको हो ।

मुखियाको साथबाट प्रहरीले नौवटा गड्डीमा एकहजार दरका ८९५ थान अर्थात ८ लाख ९५ हजार नेपाली नक्कली नोट फेला पारेपछि पक्राउ गरेको हो । नम्बर प्रस्ट नबुझिने मोटरसाईकल चढी आएका मुखियालाई चेकजाँच गर्दा निजको नक्कली नेपाली नोट सहित मोबाईल, मोटरसाईकल समेत नियन्त्रणमा लिई खोटा चलन मुद्दामा अनुसान्धान थालिएको बारा प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय