२५ असोज ,बारा: प्रहरीले ९ लाख रुपैंया नक्कली नेपाली नोट सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारी पुर्वी चम्पारण ग्राम पोष्ट पिप्राकोठ्ठी बस्ने २५ बर्षका रंजित कुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नं.१५ बस्ने ३४ बर्षका सैनुल्लाह अंसारी

र सिम्रौनगढ नगरपालिका वडा नं.२ बस्ने ३६ बर्षका बिनाका मुखिया रहेका छन् । बिशेष सूचनाको आधारमा गतसुक्रबार साँझ ६ बजे सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोलबाट नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले कनकपुर टोल स्थित सडकमा भारतिय मोटरसाईकलमा आएका रंजित कुमार मुखियाले कम्बरमा लुकाई राखेको अवस्थामा फेला पारेको हो ।

उनको साथबाट नक्कली नेपाली एकहजारदरको एक ठेली मोटर साईकलको सिटमुनी लुकाई राखिएको सोही दरका ८ (आठ) ठेली नोट फेला परेको बारा प्रहरी प्रमुख होबिन्द्र बोगट्टीले जानकारी दिए ।

उनलाई तत्काल नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त नोट सैनुल्लाह अंसारी र बिनाका मुखिया बिनको भएको बताएका थिए । खोजतलासका क्रममा हिजो २३ गते अंसारी र बिनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखी खोटा चलन मूद्दामा अनुसन्धान भईरहेको एसपी बोगटीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय