नवराज घिमिरे
३ कार्तीक ,बारा:बाराको त्रिवेणी स्पेनिङ मिल्स प्रा.लि.मा विहिबार अपराहन्न भएको झडपमा ८ जना मजदुर सहित १० जना प्रहरी घाइते भएका छन् ।
जीतपुरसिमरा ९ छातापिपरा स्थित कारखानामा दशैं बोनस माग्दै वार्तामा बसेका मजदुर र प्रहरी विच भएको झडपमा ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी सहित १० जना प्रहरी घाईते भएका छन् भने भगवत महतो चौहान लगाएतका ८ जना मजदुर घाइते भएका छन् ।
घाईते मध्ये टाउकोमा चोट लागेका प्रहरी हवल्दार श्रीराम पटेलको गण्डक अस्पताल बिरगजं र ओठमा चोट लागेका प्रहरी जवान सुरेन्द्र महत्तोको अल्पाईन अस्पताल सिमरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । बाँकी घाइते प्रहरीको अवस्था समान्य रहेको प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जनाकारी दिए । घाइते मजदुरहरुको स्थानिय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
झडपको स्थिति नियन्त्रण गर्ने क्रममा ३४ राउण्ड अश्रुग्यास सेल, सर्ट गनबाट १ राउण्ड हवाई फायर भएको बारा प्रहरीले जनाएको छ । भने १३ थान सिलढाल फुटेको, ९ थान बेदको लाठी भाँचिएको बारा प्रहरी प्रवक्ता डिएसपी थापाले जानकारी दिए ।
प्रहरीले ७ जना कारखाना मजदुरलाई नियन्त्रणमा लिएको छ । प्रहरी माथी जाईलागेको तथा तोडफोडमा संलग्न रहेको भन्दै ओम प्रकास मिश्र, सन्जय कु यादब, मनोज यादब लगायतका ७ जना मजदुरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पाउने गरेकै बोनस मागेका हौं–मजदुर
सँधै झैं दशैं आयो तर यस वर्ष बाराको जीतपुरसिमरा ९ छातापिपरा स्थित त्रिवेणी स्पेनिङ मिल्स प्रा.लि.का मजदुरको दशैं बोनस आएन । करिब एक हजार ६ सयको संख्यामा रहेका मजदुरले पटकपटक माग गर्दा पनि सुनुवाइ नभएपछि बुधबार साँझ बाध्य भएर उनीहरुले सिइओलाई कार्यकक्षमै रोके । कारखानाको काममा बाधा नहुने गरी अफ डिउटीका मजदुरहरुले दशैं बोनस बारे ठोस जवाफ दिन आग्रह गर्दै सिइओलाई व्यवस्थापनसँग सोध्न भने ।
साँझ प्रहरीकै रोहबरमा वार्ताको प्रयास भएपनि निष्कर्ष निस्केन । प्रहरी फर्कीयो । विहिबार पुनः बार्ताका लागि प्रहरी प्रशासन, कारखाना प्रशासन, मजदुर नेता जम्मा भए । मजदुर नेताले बोनसका लागि कति समय लाग्छ त्यो तोक्न तथा तत्कालका लागि पेस्की स्वरुप केहि रकम दिएर पर्व मनाउन सहज बनाइदिन भनेपछि सिइओ व्यवस्थापनसँग कुरा गर्छु भन्दै फोन गर्न अर्को कोठामा गएको निकैबेर हराए ।
सिइओलाई बोलाउन तथा के भयो बुझ्न प्रशासनका दुई जनालाई पठाएको अवस्थामा बाराका प्रहरी उपरिक्षक होविन्द्र वोगटि सहितको प्रहरी टोली वार्ताकक्ष छिर्न खोज्दा भिडभाडमा भएको धक्कालाई आइलागेको संज्ञा दिएर प्रहरी मजदुरमाथी खनियो । स्थिति तनावग्रस्त बन्यो ।
दोहोरो झडप भयो । सो क्रममा दुवै तर्फका गरी दर्जन बढी घाइते भए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ राउण्ड अश्रुग्यास प्रहार गर्यो । अन्ततः काम नरोकी सौहार्दपूर्ण रुपमा खाइपाइ आएको बोनस सुविधा मागेको हकीकतलाई सिइओ लगाएतको व्यवस्थापनका ५ जनालाई मजदुरहरुले बन्धक बनाएको आरोप लगाइएको मजदुर पक्षको आरोप छ ।
प्रहरीले मजदुरको माग सम्बोधन गराउने वातावरण निर्माण गर्नु भन्दा पनि उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठलाई कारखानाबाट रेस्क्युको वाहानामा निकालेको छ ।यसबारे बुझ्न खोज्दा उद्योग व्यवस्थापक प्रेमकुमार सिंहले अहिले केहि बोल्न नमिल्ने बताए ।
बन्धक बनाएको विषय झुटो हो–मजदुर नेता
कारखानामा मेशिन चलिरहेकै थियो । डिउटीका मजदुर धमाधम उत्पादनमा जुटेका थिए । अफ डिउटीका मजदुर एकातिरबाट भेटिएका चिजले हान्दै थिए ।
अर्कोतिर प्रहरी प्रतिकारमा जुटेको थियो । काम नरोकी बोनसको माग गर्दै सिइओलाई मात्रै कार्यालयमा रोकेर निकास खोज्दा भएको प्रहरी दमनले मजदुरहरुलाई हाथापाईका लागि उक्साएको मजदुरको भनाई छ ।
वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनीयन महासंघ केन्द्रिय सचिवालय सदस्य एवं मधेश प्रदेश सहइन्चार्ज मिन प्रसाद आपागाईले भने “मजदुरमाथि बल प्रयोग गर्नु र प्रतिकार गर्दा नियन्त्रणमा लिनु दुवै गलत कार्य प्रहरीबाटै भयो ।”
वार्तास्थल बाहिर शान्तिपूर्ण बसेका बेला महिला मजदुरलाई पुरुष प्रहरीले कपडा समातेर तान्दै बाहिर निकालेपछि तनाव सुरु भएको हो, रुँदै अनिता भ्लोनले भनिन् । अर्की मजदुर सिकिन्द्र कुमारि चौधरिले भनिन् “चाडपर्व मनाउने खर्च आफेनै मालिकसँग माग्दा हामी जस्ता गरिब माथि प्रहरी लगाएर ज्यादती भयो ।
मेरो कपाल समातेर तान्दै प्रहरीले हाथापाई गर्याे ।” गरिबलाई बोनस सुविधा नदिएर कम्पनीले गरेको ज्यादती बन्द गर्नुको सट्टा प्रहरीले उल्टै मजदुरलाई कुट्नुलाई कसरी बुझ्नु भन्दै उनले प्रतीप्रश्न गरिन् ।
मजदुर महिला माथि पुरुष प्रहरीबाट भएको लछारपछारले स्थिति झडपमा परिणत भएको अखिल नेपाल औद्योगिक मजदुर संघको केन्द्रिय अध्यक्ष वेनी प्रसाद तिमिल्सीनाले बताए । “उद्योगले मजदुरको उचित माग पुरा गर्नैपर्छ, हामी वार्ता गरेर समाधानमा जुट्दै थियौं यस्तोमा प्रहरीबाट दमन हुनु गलत थियो ।
सिइओलाई बन्धक बनाएको विषय सरासर गलत हो, उनले भने । नियमित कारखाना संचालन गरेर जायज माग पुरा गराउन गरेको पहललाई गलत रुपमा चर्चा गराउने व्यवस्थापनको रवैया पच्य छैन ।”मजदुर नेता तिमल्सीनाले भने ।
थप फोटोहरु: