निरज रानाभाट
चितवन : समाजसेवी तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठका गए राती ०१ः१० बजेको समयमा उपचारका क्रममा चितवन जिल्लाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी र उनले दिएको दान ;

जन्म : वि.स. १९८७ साल असोज महिनाको फूलपातीका दिन तनहुँ जिल्लाको बन्दिपुरमा

– विरगञ्जमा डिठ्ठा रहनुभएका बुवा विरवहादुर श्रेष्ठको निधन पछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्कनुभयो

– चितवनको नारायणगढमा हाल सञ्चालनमा रहेको बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान , दार्जलिङ्गदेखि शिक्षक बाेलाएर पठनपाठन शुरु गराउनु भयो । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ

– चितवनको भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च । सामुदायको व्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।

– वि.सं. २०४८ सालमा गोरखा जिल्लाबाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरि लगातार १२ वर्षसम्म सांसद

– नेपाली काँग्रेस केन्द्रीय कार्यालयका लागि रवी भवनमा ३ तले घरजग्गा पार्टीलाई दान

– चितवन नेपाली काँग्रेसका लागि नारायणगढको मुटुमै भवन दान

– गोरखा जिल्लामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान

– नेपाली काँग्रेस देवघाटका लागि घडेरी दान

– प्रजातन्त्रवादी पत्रकारहरुको संस्था प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि उनले बसेनीमा जग्गा दान

– पिस फेडेरेसनलाई भरतपुर ११ मा , नारायणचारी बाबालाई देवघाटमा , महेश सन्यास आश्रम देवघाटलाई , पतन्जली योग समिति नारायणगढमा , नेवा पुःचलाई नारायणगढ लगायतलाई उनले जग्गा दान

– आफ्नो सेवामा समर्पित हुने छोराहरु , भतिज , अन्य सेवकहरुलाई पनि उनले जग्गा दान

सेवा गरेका छोराहरु टंकनाथ पौडेल , ऋषिराम गौतम , हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई जीवन चल्ने गरि नारायणगढ बजारमा जग्गा दान दाईका छोराहरु प्रेमकुमार श्रेष्ठ , सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि उनले जग्गा दिएकी छ । आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै घडेरी दिएकी छ , भने भान्से ईन्दिरा ढकाललाई देवघाटमा घडेरी दिएकी छ । पूजारी रामबहादुर कार्की र उनकी श्रीमती देवीलाई देवघाटमा घडेरी दिएकी छ , भने यौवन अवस्थादेखिका साथी विष्णुमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिएकी छ ।

श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुवाको अन्त्यष्टीमा पाल्पा जिल्लाबाट झिकाएका पण्डित शिस्वानी बाजे र बजैलाई पनि उनले नारायणगढ बजारमा घडेरी दिएकी छ । पुरेत षडानन्द लामिछानेलाई नारायणगढमा , ट्रष्टका सचिव हरि ढकाललाई देवघाटमा , पूर्व मन्त्री चित्रलेखा यादवलाई देवघाटमा , ठूलीआमाको छोरा कृष्णभाई प्रधानलाई देवघाटमा , नातिनी उन्नती अधिकारी , श्रेया पौडेललाई समेत उनले घडेरी दिएकी छ ।

– पूर्व प्रबन्धक खोपम बहादुरलाई बसेनीमा र सहयोगी काजीरामकी श्रीमतीलाई पनि बसेनी घडेरी

– पछिल्लो पटक उनले नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाका छोरा सशाक कोइरालालाई भरतपुरमा झण्डै १ करोड पर्ने जग्गा दान

– बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट बनाएर राखिने गरि दान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय