काठमाडौं : रुपन्देहीमा एक कारले ठक्कर दिँदा ३५ दिने शिशुसहित ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
रुपन्देहीमा सोमबार विहान छठ पूजा गर्न घाट जाँदै गरेका यात्रीलाइ भैरहवाबाट परासीतर्फ जँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिएर भागेको प्रहरीले जनाकारी दिएको छ ।कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।
कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।
दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।