१४ कात्तिक, काठमाडौं : जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ ।
क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर–७ जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको हो ।
संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनियता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि सरकारी वकिलले माग छ ।
दफा २१९ को उपदफा (३ घ) मा पीडित १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरको महिला भए १० देखि १२ वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था छ ।
पीडितलाई उचित क्षतिपूर्ति दिलाइदिन पनि अभियोग पत्रमा माग दाबी गरिएको छ ।