२५ कार्तिक बारा:गएराती जंगली हात्ति गाउँ पसेर स्थानियको घर भत्काउनुका साथै लाखौको अन्नबालि नष्ट गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६को पिलुवा, पैनीटोल र डकाहका स्थानियको घरमा हात्तिले क्षेती पुगाएको स्थानियले बताए ।
मध्यरातमा गाउँ पसेको एउटा हात्तिले पैनिटोलका शत्रुघन साहको फुसको घर भत्काएको छ । यस्तै पिलुवाका माधव मैनालीको घरको पालि भत्काएर भकारीको धान खाएको मैनालीले सुनाए ।
हात्तिले डकाहा पैनीटोलकी ज्योली मगरको घर, सन्चमाया तामाङ्गको धानबालीमा क्षेती पुगाएको उनीहरुले बताए ।
जंगली हात्तीले केहिदिनयता सर्वसाधारणको घर भत्काउने, घरभित्र रहेका अन्न खाने, नष्ट गर्ने, खेलबाली नष्ट गर्ने गरेर दुःख दिइरहेको १६ नं. वडा समितिका सदस्य हेम बहादुर बुर्जा मगरले बताए ।
कुनै किसिमबाट मानविय क्षेतीभने भएको छैन । गाउँलेहरु उठेर हाटहुट गरेपछि हात्ति जंगल पसेको उनले बताए ।