निराज रानाभाट
मंसिर ६, चितवन : चितवन जिल्लाका चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको मंसिर ०६ गते , मंगलबार बिहान सवारी दुर्घटनामा परेर निधन भएको छ ।
चितवनको राप्ती नगरपालिका -०४ , सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका – ०६ , हर्दीमा मंगलबार बिहान ०५:३० बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो । आफू सवार ना २ ख २३८२ नम्बरको माइक्रो बसमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।
पछिल्लो समय राजधानी काठमाडौं बस्दै आएका उनी निर्वाचनमा मतदान गर्न चितवन आएको उनका भाई भुवन विश्वकर्माले जानकारी दिए । उनको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । उनले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए । उनले सञ्चालन गरिरहेको कार्यक्रम ञ बहकिने मन झ देशभर चर्चित छ । देशका १ सय बढि एफएम रेडियोमा उनको कार्यक्रम प्रशारण हुने गर्छ ।
उनी पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्य समिति सदस्य रहेका थिए । राष्ट्रिय दलित पत्रकार संघ चितवनले घटना प्रति दुःख व्यक्त गर्दै संघका अध्यक्ष अमिर रामदामले शोक वक्तव्य जारी गरेका छन ।