१२ मंसिर ,बारा:जितपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको समन्वयमा आईतबार एकदिने आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका वडा नं.२ दोहरी स्थीत अमर माध्यमिक विध्यालयमा सम्पन्न शिविरमा ३०५ जनाले आखाँ जाँच गराएका छन् । आखाँ जाँच गराउने मध्ये १ सय २४ जनामा मोतियाविन्दु फेला परेको संस्थाले जनाएको छ ।


तिलगंगा आँखा प्रतिष्ठान अन्तरगत निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले शिविरको आयोजना गरेको सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले जनाकारी दिनुभयो ।
अस्पतालका नेत्ररोग विषेशज्ञ सुपेन्द्र ताम्राकार, दिपक सुवेदी, आँखा प्रतिष्ठामा तेस्रो र दोस्रो बर्षमा अध्यायनरत छात्राहरु शमिक्षा उप्रेती, सोनिया गिरी र पुष्पा सिंहले आँखा परिक्षण गरेका थिए ।
उमेरकै कारण मानिसमा मोतिया विन्दु हुन्छ । ४० बर्ष कटेका मानिसहरुमा कुनैबेला यो समस्या हुन सक्छ । विशेषगरी तराईको मौषमले पनि यसलाई प्रभाव पार्ने गरेको नेत्ररोग विषेशज्ञ सुवेदीले बताउनु भयो ।
धुलोधुँवामा काम गर्नुपर्नेहरुमा अलि चाँडो र सफा सुरक्षीत ठाउँमा बस्नेहरुमा अलिढिलो होला तर जोकोहीलाई मोतियाबिन्दुको समस्या हुनसक्छ, उहाँले भन्नु भयो ।
मोतिया विन्दुका विरामीको आगामी विहिबार निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने नेत्ररोग विषेशज्ञ दिपक सुवेदीले जानकारी दिनु भयो । बुधबार विहानै विरामीलाई अस्पतालले आफ्नै सवारीमा निजगढ लैजाने समेत उहाँले बताउनु भयो ।



