१४ मंसिर तेतरिया, बारा: करैयामाइ गाउँपालिका वार्ड नं.५ मा रहेको
साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरिया बाराको १२ औं बार्षिक साधारणसभा सभा सम्पन्न भएको छ ।
बुधबार गाउँपालिका अध्यक्ष शम्भु यादवले सभाको समुद्घाट गर्नु भएको हो । प्रमुख अतिथी समेत रहनु भएका पालिका अध्यक्ष यादवले सहकारीले ब्यवसायसँगै सामाजिक सेवालाई साथ दिँदै आएको बताउनु भयो । कृषि पेशालाई सहजीकरण गर्ने र उत्पादन वृद्धिका लागि समेत तेतरिया साना किसान सहकारी खेलेको भुमिका अहम् रहेको बताउनु भयो ।
यस्तै पालिका उपाध्यक्ष सुनैना देवीले सहकारी अभियानको भुमिका अहम् रहेको बताउनु भयो । महिलाको क्षमता बिकास, कृषि क्षेत्रको विकास र ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहकारीले योगदान गर्दै आएका छन् , उहाँले भन्नू भयो ।
कार्यक्रममा साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी , करैयामाइ गाउँपालिकाका पुर्व अध्यक्ष भुनेश्वर धामी ,५ नं. वडा अध्यक्ष उमेश चौधरी ८ नं. वडा का प्रेम नारायण चौधरी , साना किसान कृषि सहकारी संस्था डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछाने , मनहर्वाकी अध्यक्ष नयनकलला खड्का , फत्तेपुरका अध्यक्ष जयकिशुन चौधरी ,सपहीकी अध्यक्ष अस्तुर्नी थरुनी,भोडहाका अध्यक्ष बिन्दा सिंह राजपुत लगायत धेरै संघ/संस्थाका अध्यक्ष /प्रवन्धकको कार्यक्रममा सहभागिता थियोे ।
१२ बर्ष अघि स्थापना भएको संस्थाले २ हजार २ सय ९९ महिला सदस्य रहेको संस्थाले करिब ३६ करोडको कारोबार गर्दै आएको जनाएको छ ।
संस्थाको १२बार्षिक सभाले अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा संस्थाले गरेको मुनाफा ६७ लाख ८४ हजारबाट शेयरधनीलाइ १५ प्रतिशत बोनस बितरण गर्ने निर्णय समेत गरेको छ ।
यस्तै सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने ७ जनालाई सम्मान समेत गरेको संस्थाको आगामी बर्षको बजेट तथा कार्यक्रम सभाबाट सुझाव सहित पास भएको छ ।
कार्यक्रम संस्थाकी अध्यक्ष कान्ति देवी थरुनीको अध्यक्षता, संचालक संगीता चौधरीको स्वागत एवं प्रवन्धाक भुपेन्द्र चौधरीको संचालनमा सम्पन्न भएको हो ।