![](https://jurelinews.com/wp-content/uploads/2022/12/cdo-bara.jpeg)
नवराज घिमिरे , बारा :त्रिबेणी स्पनेनिङ मिल्सले हटाएको मजदुरहरुलाई पुनर्बहाली गर्न मजदुर संगठनहरुले माग गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ स्थित त्रिबेणी स्पनेनिङ मिल्सबाट हटाईएका मजदुरहरुलाई पुनर्बहाली गर्न कोरिडोरका क्रियाशिल मजदुर संगठनहरुले माग गरेका हुन् ।
दशै वोनस नबाँड्दा भएको विवाद समाधानका लागि उद्योग व्यवस्थापन पक्षसँग वार्तामा बस्ने २३ जना मजदुरलाई गएको मंसिर १२ गते हटाएको थियो । उद्योग व्यवस्थापन पक्षबाट मजदुरलाई हटाउने लगायतका कार्य तत्काल नरोकेमा कडा आन्दोलन गर्न पछि नपर्ने भन्दै मजदुर संगठनहरुले आन्दोलनको स्थिती सृजना नगर्न उद्योगीसँग आग्रह गरेका छन् ।
![](https://jurelinews.com/wp-content/uploads/2023/12/add2.gif)
![](https://jurelinews.com/wp-content/uploads/2023/12/add1.gif)
बिना कुनै ठोस कारण मजदुर हटाएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र नेपाल ट्रेड युनियन काँग्रेसले आपत्ती जनाउँदै तत्काल पुर्नसबहालीको माग गरेका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का मधेश प्रदेश अध्यक्ष कमलेश झा, नेपाल ट्रेड युनियन काँग्रेस मधेशप्रदेश अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी र अखिल ट्रेड युनियन महासंघ मधेस प्रदेश अध्यक्ष अर्जुन चिमरियाले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै मजदुरमाथि भईरहेको दमन रोक्न तथा हटाईएका मजदुरहरुको यथाशिघ्र पुनर्बहालीको माग गरेका छन् ।
उनीहरुले बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाललाई ज्ञापन पत्र मार्फत समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
मजदुर युनियनले जारी गरेको विज्ञप्तिमा प्रचलित श्रेम ऐन बिपरित २३ जना मजदुरहरुलाई गरिएको कार्बाही फिर्ता गर्न र बिगतमा हटाईएका १४ जना मजदुरलाई समेत तत्कालै पुनर्बहाली गर्न माग गरिएको छ । करिब दुई बर्ष अगाडि उद्योगले १४ जना मजदुरहरुलाई हटाएको थियो । उनीहरु अहिले श्रम अदालत काठमार्डौमा तारिक धाईरहेका छन् ।
यो विषयसँगै दशैं बानसबारे बार्ता र छलफलबाट समस्याको समाधान गर्न खोज्दा गत कार्तिक ३ गते उद्योग परिषरमै प्रहरी र मजदुरबिच दोहोरो भिडन्त भएको थियो । जसमा दर्जनौँको सङ्ख्यामा मजदुर र केही प्रहरी समेत घाईते भएका थिए ।