२५ मनहर्वा,बारा: साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा, जितपुरसिमरा उपमहानगरपालिका १८ बाराको आयोजनामा आईतबार एकदिने “वित्तिय साक्षरता तथा अन्तरसमुह सुदृढिकरण तालिम” सम्पन्न भएको छ ।

साना किसान विकास लघुवित्त वित्तिय संस्थाको आर्थिक सहयोगमा सहकारी संस्थाले कलैया उपमहानगरपालिका वडा नं.२४ को श्रीपुर स्थीत आधारभुत विद्यालयको पुरानो भवनमा तालिमको आयोजना गरेको थियो ।

वडाका अध्यक्ष हिरालाल चौधरीले उद्घाटन गर्नु भएको तालिममा श्रीपुर र सखुई गाउँका ७ जना पुरुष सहित स्थानिय ४५ जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नयनकला खड्का र मुख्य प्रबन्धक पुष्पराज खतिवडाले सहजीकरण गर्नु भएको थियो ।

तालिममा बचत गर्ने बानिको विकास, बार्षिक लक्ष्य निर्माण , कर्जा कारोबारमा अपनाउनु पर्ने सावधानी र अन्तरसमुहलाई प्रभावकारी बनाउने लगायतका थुप्रै विषयमा जानकारी तथा छलफल गरिएको थियो ।

तालिममा संस्था संचालक समितिका सदस्य सवनम चौधरी, तिलेश्वरी देवी थरुनी, पूर्व संचालन जयमाला चौधरी र संस्थाका कृषि प्राविधिक जलेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय