पुष्पराज खतिवडा
२६ मंसिर, सिमराः साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाको आयोजनामा सोमबार सिमरामा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
यूकेएड् र सीप परियोजनाको सहयोगमा बारा, पर्सा र रौतहटका ३२ वटा साझेदार साना किसान कृषि सहकारी संस्था लिमिटेडहरुको प्रोफाईल तयार गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको वित्तिय संस्थाले जनाएको छ ।
बैदेशिक रोजगारीमा जाने कामदारको पक्षमा वातावरण निर्माण, विदेशबाट फर्कि आएकाहरुले सिकेका सिपलाई ब्यवसायमा रुपान्तर गर्न सघाउने काम सीप परियोजनाले गर्दै आएको छ । कार्यक्रम अन्तरगत बारा, पर्सा र रौतहटमा वित्तिय संस्थाले साना किसान सहकारीहरु मार्फत कामको थालनी गरेको परियोजनाका संयोजक कृष्ण अर्यालले जानकारी दिनु भयो ।
यसै कार्यक्रम कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया मार्फत साना किसान सहकारीका पधादीकारीलाई सुजाउने र विदेश गएका , जाने अनि फर्की आएका साना किसान परिवार सदस्यको विवरण सहितको प्रोफाईल तयार गर्न सिकाउने काम भएको छ । कार्यक्रम अन्तरगत बैदेशिक रोजगारीमा जाने, गएका र ३ बर्ष भित्र फर्किएका कामदारलाई वितिय शिक्षा ज्ञान दिने काम सीप परियोजनामा मार्फत गरिने उहाँले बताउनु भयो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाकी प्रबन्धक कृष्ण कुमारी शर्मा ,सीप परियोजनाका तथ्याङ्क तथा सुचना विज्ञ उज्वल दाहाल, बरिष्ठ सहायक हरिशरणर ढकाल, फिल्ड कोअडिनेटर पुष्पराज मैनालीले सहभागीहरुलाई सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा तीन जिल्लाका ३२ वटा साना किसान कृषि सहकारी संस्थाका ९६ जनाको सहभासगता रहेको थियो ।