ष्पराज खतिवडा
२७ मंसिर बारा: जिल्लाको सिम्रौनगढ नगरपालिका ८ कचर्वा नाका नेपाल भारत सिमाको दशगजा क्षेत्रमा परालको चाँङ्ग लगाएको पाइएको छ । दशगजा क्षेत्र नेपाल भारत दुबै तर्फका किसान धान भित्त्रयापछी पराल दशगजामै चाँङ्ग लगाएका हुन् ।
कानुन त यो क्षेत्रमा कुनै किसमको अवरोध गर्न पाईदैन । दशगजा क्षेत्रलाई खाली खाख्नु हो , तर किसानहरुले कानुनको प्रवाह नगरि पराल राखेका हुन् । दशगजामा पराल नराख्न भनिरहेपनि किसानले लामो समयबाट पराल राखीरहेका छन् ,भारती सिमा रक्षक ए.एस.आई ईन्चार्ज पूर्ण चन्द्र ब्रम्हाले बताए ।
हामीले किसानहरुलाई पराल हटाउन भनिरहेका छौं ,केही समयपछी हटाउने बताएका छन् ,उनले भने । धान उत्पादनपछी आसपासका खेतमा गहुँ लगाईएको छ । धान पाकेपछी दशगजामै धान झार्ने पराल राख्ने गर्दा समेत दुबै देशका सिमा रक्षक भने मुखदर्शक भएको पाईएको हो ।
यता सशस्त्र प्रहरी नं.१२ गण हेडक्वाटर उत्तरझिट्कैंया बाराका नायव उपरिक्षक डिएसपी निमित्त प्रमुख अमर खत्रीले भने , “दशगजा क्लियर गर्ने सफा गर्ने भन्ने नै छ । सोही मुताविक दशगजा क्षेत्रमा बनेका शंरचना लगायतका सामाग्री हटाउने सफा गर्ने काम पनि सुरु भएको छ । खेतीपाति हटाएको समयपनि भएकाले यहीबेला दशगजा खालि गरिने खत्रीले जानकारी दिए ।
पिपरपातीबाट यसकामको सुरुवात भएको छ । गोलागजं क्षेत्रको कुरा सुनाउनु भयो । आजै यस विषयमा बुझेर कामको थालनी हुन्छ, ” डिएपी खत्रीले बताए ।
भारततर्फ भारती सीमा रक्षक ए.एस.आई दशगजामै शुरक्षार्थ खटिएका छन् । नेपाल तर्फभने सिमा रक्षामा खटिएका सशस्त्र प्रहरीहरु ५सय मिट ओरै बसेका छन् । भारतले नेपाल भारत खुल्ला सिमा अन्तर्गत दशगजाको प्रतेक ५सय मिटरमा दुई देखी ७ जना सम्म शुरक्षाकर्मी खटाएको बताउने ए.एस.आई ईन्चार्ज ब्रम्हाले पालमा बसेर सिमा शुरक्षामा खटिनु परेको सुनाए ।
भारत सरकारले सिमा क्षेत्रमा पालमा राखेर सिमा सुरक्षा खटाएपनि शौच गर्ने स्थानको समेत ब्यवस्था नरहेको उनले बताए ।