२० पौष,बारा: जिल्लाको प्रसौनी गाउँपालिका वडा नं.२मा रहेको साना किसान कृषि सहकारी संस्थाको प्रथम अघिवेशन सहितको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार प्रसौनी बजार नजिकै भएको साधारणसभाको प्रदेशसभा सदस्य एवं पूर्व भौतिक योजना तथा निर्माण मन्त्री जीतेन्द्र सोनलले समुद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथी समेत रहनुभएका पूर्वमन्त्री सोनलले सहकारीले समाज रुपान्तरणका लागि काम गर्दै आएको बताउनु भयो । समाजका कतिपय विकृती अझै जीवित रहेका सन्दर्भ केलाउँदै उहाँले सबैखाले रुपान्तरण आवश्यक रहेको बताउनु भयो । स्वास्थ्य, शिक्षा, जनचेतनाको विकासपछि मात्रै आर्थीक रुपान्तरण संभव हुने पूर्वमन्त्री सोनलको भनाई थियो ।

उहाँले अघि भन्नु भयो “महिलाको जागरण ,महिलाको ब्यवस्थापन र महिलाको संगठननै मजबुद हुनुपर्छ अनि मात्रै सबैखाले जागरणले काम गर्छ सहकारीले जागरणमा समेत ध्यान दिनु पर्छ। तवमात्रै आर्थीक रुपान्तरणले दिगो रुप लिन्छ । त्यसैले सहकारी अभियानको भुमिका अहंम् छ ।”

यस्तै कार्यक्रममा प्रसौनी गाउँपालिका पूर्व अध्यक्ष भोला प्रसाद गुप्ताले सहकारीले समुदायको हितलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । समुदायको हितमा काम गरेर प्राप्प उपलब्धी दिगो हुने उहँको भनाई थियो । प्रसौनी गाउँपालिकको प्रसंग निकाल्दै गुप्ताले स्थानिय सरकार ठिक ढंगले नहिँडेको बताउँनु भयो ।

स्थानिय सरकारका गतिविधि नियाल्दै गर्नु पर्ने हुन्छ । ठिक बाटोमा हिडाउन खबरदारी गर्नु पर्ने देखिएको उहाँले बताउनु भयो । पूर्व अध्यक्ष गुप्ताले पालिकाले आफुनो नेतृत्वको पूर्ववर्ति सरकारले नियूक्त गरेका कर्मचारीलाई राजनैतिक प्रतिशोध साँधेर छानिछानी हटाएको प्रति गुनासो ब्यक्त गर्नु भयो ।

साना किसान कृषि सहकारी संस्था प्रसौनीले असाल कारोबार गर्ने २०जनालाई पुरस्कार, ३ जना जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । यस्तै संस्थाको स्थापनामा महत्पूर्ण भुमिका खेलेको भन्दै साना किसान कृषि संघ लिमिटेड बाराका अध्यक्ष मिश्रिलाल सहनी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका मुख्य प्रबन्धक पुष्पराज खतिवडालाई समेत दोसल्ला ओढाएर सम्मान गरेको थियो । सम्मानित हुने सबैलाई संस्थाका तर्फबाट कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री एवं सभासद सोनलले सम्मान गर्नू भएको हो ।

कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनी, उपाध्यक्ष नयनकला खड्का,सदस्यहरु विन्दा सिंह,जयकिसुन चौधरी पस्रौनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष गीता साह,स्थानिय समाजसेवी, जनप्रतिनिधि एवं बुद्धिजिविहरुको सहभागीता थियो ।

सभाले अध्यक्ष आचार्यको संस्थागत प्रतिवेदन,प्रबन्धक विकास यादवको प्रगती एवं आगामी बर्षको बजेट तथा कार्यक्रम सुझाव सहित पारित गरेको छ । कार्यक्रम संस्थाका सल्लाहकार संयोजक निप्पु कुमार गुप्ताको संचालन एवं अध्यक्ष संगिता आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

रुना देवी कलवारको अध्यक्षतामा संचालक समिति चयन

संस्थालको तेस्रो बार्षिक साधारणसभा तथा पहिलो अधिवेसनबाट आगामी ४बर्षका लागि रुना देवी कलवारको अध्यक्षतामा सात सदस्य संचालक समिति गठन गरेको छ । त्यसको उपाध्यक्षमा आसा देवी गुप्ता,सचिवमा संगिता आचार्य, कोषाध्यक्षमा हिरामती देवी यादव र सदस्यहरुमा लक्ष्मी देवी साह, लालमुनी देवी र हिरामती देवी कानुलाई चयन गरेको संस्थाले जनाएको छ । यसैगरी ममता देवी कानुको संयोजकत्वमा रंजिता कुमारी चौहान र सन्जु कुशवाहा रहनेगरी ३ सदस्य आन्तरिक लेखा सुपरिवेक्षण समिति समेत गठन भएको संस्थाकी सहायक प्रबन्धक देवकी न्यौपानले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय