पुष्पराज खतिवडा,२० पौष : जिल्ला सहकारी संघ लिमिटेड बारा ब्यूँतिएको छ । २०५१ साल अघिबाटै निस्कृय रहेको जिल्ला सहकारी संघलाई साना किसान कृषि सहकारी संघ, बारा बचत तथा ऋण सहकारी जिल्ला संघ र सहकारी संघ लिमिटेडकै संचालकहरुको सक्रियतामा ब्युँताईएको हो ।
बुधबार सदरमुकाम कलैया स्थीत सहकारी संघ लिमिटेड परिषरमा बसेको सदस्य संस्थाका प्रतिनिधिहरुको साधारणसभाले संघ ब्यूँताउँतै ११ सदस्य संचालक समिति चयन गरेको छ । सहकारी संघका पूर्व संचालक उपेन्द्र प्रसाद जयसवालको अध्यक्षतामा समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा सत्यन्द्र ठाकुर, सचिवमा मिश्रीलाल सहनी,कोषाध्यक्षमा नयनकला खड्कालाई चयन गरेको हो । यस्तै विजय कुमार सोनार,मुकुन्द बहादुर क्षेत्री, संजिला खातुन, अस्तुरन देवी चौधरी, विन्दा सिंह, रामाधार ठाकुर र सिकेन्द्र पास्वानलाई सर्वसहमतीले समितिको सदस्यमा चयन गरेको छ ।
२०१३ सालमा स्थापना भएको सहकारी संघ लि. बारा २०४८को सहकारी ऐन बनेसँगै नाजुक बन्दैगएर २०५१ पछि निस्क्रीय पाए थियो ।लामो समय देखीको अथक प्रयासपछी समिति गठन भई ब्यँतिएको संचालक मुकुन्द बहादुर क्षेत्रीले बताउनु भयो ।
संघको कलैया विरगजं सडकखण्डमा पौने ३ कठ्ठा जमिन र सो जमिनमा गोदाम सहित कार्यालय भवन रहेको छ । लामो समयदेखी प्रयोग विहिन गोदाम र कार्यालय भवन जिर्ण बनेका छन् ।