२५ पौष ,बारा: साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको १५औं बार्षिक साधारणसभामा कृषि क्षेत्रलाई टेवा पुग्ने उद्योग संचालनका लागि अध्यायन गर्ने सहमती गरिएको छ ।
सोमबार साना किसान तेतररियामा आयोजित बार्षिक साधारणसभामा जिल्लाभरीका सबैखाले सहकारीहरुको आर्थीक सहभागिता रहनेगरी उद्योग स्थापनाका लागि अध्ययन गर्ने सहमती भएको हो ।सहभागिहरुले उत्पादनमुलक उद्योगमा लगानीको वातावरण बनाउ आग्रह गरेपछि यस्तो सहमती बनेको कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले बताउनु भयो ।
जिल्ला सहकारी संघको अगुवाईमा विषयगत संघ र संस्थाहरु आवद्धभई कृषि उत्पादनलाई टेवा पुग्ने आयमुलक उद्योग स्थापना गर्ने विषयमा अध्ययन कार्यदल बनाएर अघि बढ्ने सहमती बनेको उहाँँले बताउनु भयो । संघ संचालनको श्रोत निर्माण र रोजगारी सृजनागर्न पनि उत्पादनमा जानु पर्ने बाध्यता रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा साना किसान कृषि सहकारी मधेश प्रदेशका सचिव पुनदेव प्रसाद रौनियारले उत्पादनलाई प्राथमिकतामा राखेर सहकारीले काम गर्ने विषयमा गहन छलफल भएको बताउनु भयो । कृषि संघको बार्षिक साधारणसभामा उद्योगमा जानेकुरामा भएको छलफल सकरात्मक पाईयो । कार्यान्वयनका लागि निरन्तर छलफल गर्ने छौं ,उहाँले भन्नु भयो ।
यस्तै जिल्ला सहकारी संघ लिमिटेड बाराका अध्यक्ष उपेन्द्र प्रसाद जैसवालले सहकारी अभियानलाई उत्पादनका क्षेत्रमा डोर्याउने सम्बन्धमा छिटै अध्ययन कार्यदल बनाएर काम अघि बढाउने बताउनु भयो । उहाँले विभिन्न देशमा सहकारी संस्थाले चलाएको उद्योगको उदाहरण प्रस्तुत गर्दै काम गर्न सकिने बताउनु भयो ।
करैयामामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले सहकारीले कृषि क्षेत्रको विकासमा धेरैकाम गर्न सक्ने बताउनु भयो । कृषिलाई बाध्ययताको पेशा होईन रहरको पेशा बनाउन सबै मिलेर काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका संचालक मुकुन्द बहादुर क्षेत्री, बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुर ,सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा लगायतकाले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता, उपाध्यक्ष नयनकला खड्काको स्वागत तथा सचित रामएकवाल प्रसाद चौधरीको संचालनमा सम्पन्न भएको हो ।