पुष्पराज खतिवडा
२५ पौष ,बारा
साना किसान कृषि सहकारी संघ लिमिटेड बाराले विषयगत संघको सदस्यता नलिएका वा नविकरण नभएका सहकारीहरुलाई कारोबारमा रोक लगाउन स्थानिय पालिकाहरुसँग आग्रह गरेको छ । सोमबार बाराको तेतरियामा आयोजित संघको १५ औं बार्षिक साधारसभाले यस्तो निर्णय गरेको संघका अध्यक्ष मिश्रीलाल सहनीले बताउनु भयो ।

जिल्लामा ३ सयको संख्यामा प्रारम्भीक कृषि सहकारी संस्थाहरु रहेपनि कृषि संघ बारामा १२८ वटा मात्रै आवद्ध भएका छन् । तर तीमध्य २०,२२ वटा मात्रै बार्षिक नविकरणमा आउने गरेका छन् । बाँकी सहकारी संस्थापनि संघमा आवद्ध हुनु पर्ने उहाँले बताउनु भयो ।

“सहकारीले गर्ने ब्यवसायलाई पारदर्शी बनाउँदै, नियमनको दायरामा ल्याउन समेत संस्थाहरुलाई संघमा ल्याउन पर्ने आवश्यकता भएको हो । सहकारी दर्ता गर्ने अनि नियम परिरिधी बाहीर गएर जथाभावी काम गर्ने छुट कसैलाई छैन । सहकारीहरुलाई नियमनमा सहयोग गर्ने , आवश्यक सुझाव , तालिम दिन पनि उनीहरुलाई संघमा आवद्ध गर्नु पर्नेछ,” अध्यक्ष सहनीले बताउनु भयो ।

कार्यक्रममा सहभागी बारा बचत तथा ऋण सहकारीका अध्यक्ष सत्यन्द्र ठाकुरले सबै पालिकाकालाई परिपत्र गरेर प्रारम्भीक सहकारीहरुलाई विषयगत संघमा आवद्धता अनिवार्य गर्न सहयोग मागिने बताए । सहकारीहरु संघमा आवद्ध हुँदा संस्था नियमनमा, संचालनमा सहयोग पुग्ने उहाँको भनाई थियो ।

यसका लागि पालिकाहरुले भुमिका खेलिदिनु पर्ने हुन्छ । प्रारम्भीक सहकारीहरुले संघमा आवद्ध हुन निस्चीत शुल्क तिर्नुका साथै केही कित्ता शेयर खरिद गर्नु पर्ने अध्यक्ष ठाकुरले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले विषयगत संघमा आवद्ध नभएका सहकारीलाई गाउँपालिकाले सेवा नदिने बताउनु भयो ।

उहाँले जिल्लाका सबै पालिकामा समन्य गर्दै प्रारम्भीक सहकारीहरुलाई विषयगत संघमा आवद्ध हुन र बार्षिक नविकरण गर्ने वातावरण बनाउने काममा आफुले सहयोग गर्ने बताउँदै आफ्नो पालिकामा भोलिबाटै कार्यान्वय गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय