२७ पौष, बारा:आगो ताप्ने क्रममा जलेर एकमहिला गम्भीर घाईते भएकी महिलाको मंगबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुवर्ण गाउँपालिका वार्ड न. ३ जमुनिया टोल घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–१८ उचीडि बस्ने ६० बर्षिय किमैना देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत २० गते अपराहन्न १२ः५५ बजेको समयमा आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा शरिरमा लगाएको कपडामा सल्कीएको आगोले बिभिन्न भागमा जलेर घाईते हुनु भएको थियो ।गम्भिर घाईते अवस्थामा उद्दारगरी प्रादेशिक अस्पताल कलैया पठाईएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुरानो मेडिकाल भरतपुर चितवन लगियो ।

चितवनबाट थप उपचारका लागि २१ गते विहिवबार विहिन घाईते यादवलाई किर्तिपुर अस्पताल लागि उपचारका लागि लगिएकोमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो ।

उहाँको उपचारमा स्थानिएले करिब एकलाख रुपैँया आर्थीक सहयोग गरेका थिए । मृत्यु पश्चात अस्पतालाई बुझाउनु पर्ने रकम अभाव हुँदा बारा क्षेत्र नं.३की सांसद एवं मन्त्री ज्वाला कुमारी साहले अस्पतालमै पुगेर २५ प्रतिशत रकम अस्पतालसँग छुट गराउनु भएको थियो ।

मृतक यादवको मंगलबारै पशुपती आर्यघाटमा अन्त्यष्ठी गरिएको छोरा विजय यादवले जानकारी दिए ।पारिवारिक श्रोतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय