५ माघ ,बारा: साठी विगाहबढी क्षेत्रफल जमिन सिंचाईमा प्रयोग हुने गरी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को कुस्माडीमा डिप बोरिङ्ग गाड्न थालिएको छ ।
उर्जा मन्त्रालयको समृद्ध तराई मधेश सिंचाई कार्यक्रमको ८० लाखबढी रकमबाट बोरिङ्ग गाड्न थालिएको शिउदत्त सिंचाई उपभोक्ता समितिका अध्यक्ष शिव ढुङ्गानाले बताए ।
बोरिङ्ग संचालनमा आएपछि १ सय ५० परिवार किसान प्रत्यक्ष लभांवित बन्ने छन् । सिंचाईको भरपर्दो श्रोत नहुँदा यहाँका किसानले सिंचाई समस्या भोग्नु परिहेको छ । दुईसिजन अन्नबाली लगाउन पाईएको छैन । उखुखेतीमा मात्रै भरपर्नु पर्ने बाध्यता बोरिङ्ग संचालनमा आएपछि हटेर जाने उनले बताए ।
स्थानिय शिवदत्त चौधरीको जमिनमा गाडिएको बोरिङ्ग हाल २५० फिट गाडिएको छ । ५ सय फिट मुनीको पानी जमिनमा ल्याउने गरी काम भैरहेको शिवदत्त सिंचाई उपभोक्ता समितिका अध्यक्ष ढुङ्गानले बताए ।
स्वचालिन विधुतिय मोटरले जमिनमुनीको पानि बाहिर ल्याउने प्रविधि प्रयोग हुने बताईएको छ । हाल ठेकेदार कम्पनी मार्फत बोरिङ्ग गाड्ने काम भैरहेको हो, उनले बताए ।