
पुष्पराज खतिवडा
७ माघ ,बारा: २०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिनमा अर्कैले दावी गरेपछि विवाद बढेको छ । जितपुरसिमरा उपमहानगरपालिका– १८माथ्लो बडहर्वाका १७ परिवार विवादमा परेका हुन् ।
माथ्लो बडहर्वाका रामबहादुर कार्की सहित का १७ परिवार २०२५ सालबाटै ऐलानी जमिन खनजोत गर्दै घरबास गर्दैआएका थिए । हाल आएर सोही पालिका वडा नं. १६ का स्वर्गीय सिताराम बराल र डम्बरकुमारी बरालका छोरा राजकुमार बरालले आफ्नो दावी गर्दै आएका हुन् ।


उनले जिल्ला बारा गाविस भोडहा कित्ता नं.१८७, ८०, ७९ र १३५ को क्षेत्रफल क्रमश ०–१ –१०,०–९–०–५,०–६–० र ०–१–१५ जमिन मेरो भन्दै दावी गरेका हुन् । जबकी यी जमिनमा रामबाहादुर कार्की सहित पूर्ण बहादुर खड्का, गिता भण्डारी , चेत कुमारी राना , विनिता गौतम, अमृता जर्गा लगायत १७ परिवार २०२५ सालबाटै बसोबास गर्दै आएका छन् ।
बरालले आफ्नो बाबु सिताराम बरालको नामबाट आमा डम्बरकुमारीका नाममा लगिएको दावी गरेपनि उक्त जमिन नेपाल सरकारको ऐलानी भएको स्थानियले बताए । आफुहरु बस्दै आएको जमिनको किर्ते कागजात बनाएर हामीलाई दुःख दिने काम भएको छ । तत्काल बदर हुनु पर्छ । भुमि सुधार तथा मालपोत कार्यालयमा निवेदन दिएका स्थानिय राम बहादुर कार्कीले भने ,मालपोत कार्यालयका कर्मचारी समेतको मिलेमतोमा किर्ते मोठ खडा भएको देखियो ।
पिडित पक्षबाट मालपोतमा जमिनको किर्ते श्रेस्ता बदरका लागि निवेदन दिएकोमा माग ४ गतेका लागि दुईपक्षलाई बोलाईएको थियो । उक्त दिन दुबैपक्ष सहभागि भएपनि मालपोतले पुन ः१३ गतेका लागि तारिख दिएको कार्कीले बताए ।
जिल्ला प्रशासन कार्यालय बाराले पिडितका पक्षबाट श्रेस्ता बदरका लागि जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ले गरेको सिफारिस संलग्न राखी मालपोत बारालाई यस विषयमा छानविनगरी राय सहितको प्रतिवेदन बुझाउन भनेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकिय अधिकृत अनुश आर्चायले गत मंसिर २८ गते लेख्नु भएको पत्रको जवाफ प्रशासन कार्यालय बाराले अझै पाएको पाएको छैन ।
घरबास भएको जमिननै अर्काले मेरो भन्दै पूर्जा लिएर आएपछि यहाँका स्थानिय तनावमा देखिएका छन् । उनीहरुले मालपोतमा गई समस्या दर्ज गरेका थिए ।
मालपोत कार्यालय बारा कलैयाले जग्गाको वास्तविकता बुझ्ने प्रकृया अपनाउँदै जग्गा दावीकर्ता बराललाई १५ दिनभित्र सम्पूर्ण प्रमाण लिई आउनु भनि पत्र पठाएको थियो । जुन पत्रको म्याद माघ ४मा ग्रुजेको छ ।
पत्रको जवाफमा जमिन दावीकर्ता बरालले जमिन आफ्नै भएको दावी गर्दै बदरको निवेदनको तुक नभएको उल्टै पिडित भनिएकाहरुले आफ्नो जमिन खनजोत गर्दै आएको बताएका छन् । उनले २०३५ साल २ महिना १२ गतेको निर्णयबाट नेपाल सरकारको नामबाट खारेज भई आमा डम्बर कुमारीको नाममा आएको उल्लेख गरेका छन् ।
यता पिडीत पक्षले भने ऐलानी जमिनलाई किर्तेगरी आफ्नो दावी गर्ने काम भएको बताएका छन् । यती मात्रै नभई १३५ नं. कित्ता स्थानिय गोपाल सुहालको नम्बरी जमिन १ गिाह १५ कठ्ठा रहेकोलाई किर्तेगरी १ कठ्ठा १५ धुरको दोहोरो पूर्जा बनाएर दावी भैरहेको स्थानिय पूर्ण बहादुर खड्काले बताए ।
एउटै क्षेत्रमा कसरि एउटै कित्ताका दुई फरक पूर्जा हुन्छ । यो हुनै नसक्ने विषय आयो । मालपोतको लापरवाहीका कारण नेपाल सरकारको जमिन भुमाफियाले आफ्नो बनाउन खोजे, उनले भने । तर कदावी हुन दिईने छैन ,उनको भनाई छ । उल्लेखित कित्ता नं.१८७, ८०, ७९ जग्गाको फिल्डबुकमा भने प्रती उल्लेख छ ।
२०३५ साल भन्दा अगाडीबाट हामीले घरबास सहित भोग गर्दै आएका हौं । यतीका दिनसम्म कसैले केही भनेको थिएन । अहिले आएर मेरो भन्नेको कुनै आधार छैन । उनका प्रमाण किर्ते र नक्कली हुन् । हामीलाई दुःख दिने मात्रै काम भयो, खड्काले दुखेसो गरे ।