पुष्पराज खतिवडा
९ माघ ,बारा: नगदेबाली उखु विक्रि गर्न नपाउँदै खेतमै सुकेपछि स्थानियले दाउरामा प्रयोग गरिरहेका छन् । बाराको कलैया उपमहानगरपालिका १६ श्रीपुरमा रहेको रिलायन्स चिनी मिलले सिफारिस गरेको सिओजी ०२३८ जातको उखु खेतमा सुकेपछी दाउरा बाल्न किसान बाध्य बनेका हुन् ।

बर्षेबाली उखु लगाएका किसानको उखुबालिमा रोग लागेर काट्नु अगावै खेतैमा उखु सुकेको हो । काट्ने बेला नहुँदै उखुबाली मर्न थालेपछि किसान चिन्तामा थिए । सूरुमा श्रावाण भाद्र तिर बालि मर्ने सामान्य समस्या देखिएको थियो । समस्या एकाएक बढ्दै जाँदा पुरै खेत खाली हुने अवस्था बनाईदिएको किसानहरुले बताए ।

अन्य जातको उखुबालि लगाउन नदिएर चिनी मिलले जवरजस्ती गरेको किसान विरेन्द्र दासले बताए । बोट राम्रो आएको पनि थियो । तर रोग लाग्यो । मर्ने रोगले आफ्ने २ विगाहमा लागएको उखुबालि दाउरामा परिणत भयो । अहिले आफु सहित स्थानियले दाउराको रुपमा लगिरहेका छन् उनले सुनाए ।

चिनी उद्योगले किसानलाई मरेको उखुबालिको क्षेतीपूर्ती दिनु पर्ने हो । उसैले सिफारिस गरेको अझ दिएको जातकै उखु लगाएका हौं । अहिले दाउरा बाल्नु पर्दा पिडा भएको उनले बताए ।

सराईका बालि सुकेपछि मान्छेहरुले दाउरामा प्रयोग गर्न घरघरमा थुपारिहेका छन् । पुष माघको कठ्याग्रिदा जाडोमा उखुको दाउरा निकै काम लागेको आगो तापिरहेका रामभरोष महराले भने सराईमा बिचारा किसानको उखु सुकेर विजोग छ । त्यही खुकेको उखु बटुलेर आगो ताप्दै आएकाछौं ।

खेतमै उखु सुकेर पडित बनेका किसान क्षेतीपूर्तीको माग राखी आन्दोलनमा समेत आए । चिनीमिलको गेटअगाडीको कलैया पिलुवा सडक जाम गरेर आन्दोलनमा उत्रिएका किसानका पक्षमा कतैबाट सुनुवाई नभएको उखु किसान संघ बाराका सचिव गोरख यादवले बताए ।

गत मंसिर अन्तीमसाता आन्दोलनका क्रममा सडक जाम खोलेर बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटवालको समन्वयमा चिनी उद्योगीसंग बसेको किसान प्रतिनिधिहरुको बैठक बसेको थियो ।

सोक्रममा चिनीमिल संचालक राजकुमार अग्रवालले आफुले क्षेतीपूर्ती दिन नसक्ने भन्दै आत्मासमर्पण गरेका थिए । त्यसपछि बैठकले क्षेतीको एकीन विवरण संकलन गर्ने र क्षेतीपूर्तीकालागि सरकारसँग पहल गर्ने निर्णय गरेको थियो, उखु किसान संघका सचिब यादवे भने ।
जिल्लामा लामो समय देखी उखु खेती हुँदै आएको छ ।

कलैया उपमहानगरपालिका २,१६, १७,२४,२६,२७ र जितपुरसिमरा उपमहानगपालिकाको १७, १८, २०, २१, ११ वडाहरुका किसानको मुख्यबालि समेत उखु हो ।

यस क्षेत्रमा करिब २ हजार ४ सय विगाह क्षेत्रफलमा उखु सुकेको उखु किसान उनले बताए । यसबाट हजारौं किसानको करोडौ रुपैंया क्षेती भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय