९ माघ,बारा:नेपाल ग्यास उद्योग (नारायणी) प्रा.लिमिटेडले ३६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । जहाँ ३१ जनाले रक्तदान गरेका छन् ।

सोमबार धनुषाको मिथिला नगरपालिका वडा नं ९मा रहेको कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

उक्त अवसरमा उद्योगमा कार्यरत एकजना महिला सहित ३१ जना कर्मचारीले रक्तदान गर्नुभएको कार्यालयका प्रमुख जिवन छतकुलीले जानकारी दिनु भयो । रक्तदानका लागि नेपाल रेडक्रस सोसाईटी धनुषा प्रयोगशाला प्रमुख नारायण न्यौपानेको टोलीले सहजीकरण गरेको हो ।

स्थापना दिवष विशेष अवसरमा कार्यालयका शुरक्षा गार्ड शाखामा कार्यरत गार्ड सहईन्चार्ज हरिहर थापालाई “उत्कृष्ट कर्मचारी पुरस्कार–२०७९“बाट पुस्कृत गरिएको थियो ।

कार्यक्रम मिथिला नगरपालिका वडा नं ९ का अध्यक्ष दिपक थापाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा ग्यास विक्रेता संघ महत्तोतरीका अध्यक्ष सरोज श्रेष्ठ,सामाजिक अगुवा कल्पना कार्की बस्नेत, विनोद बस्नेत, विश्वदिप बस्नेत, शंकर श्रेष्ठ लगायतको उपस्थिीति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय