पुष्पराज खतिवडा
९ माघ,बारा: कलैया उपमहानगरपालिका–२४ मनहर्वामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रमोद पौडेल अनिवार्य अवकाश हुनुभएपछि उहाँको भब्य विदाई गरिएको छ ।

सोमबार विद्यालयमा आयोजित सम्मान तथा विदाई कार्यक्रमपछी शिक्षक विद्यार्थीहरुको ठुलो समुहले अविरेजात्रा गर्दै पौडेललाई उहाँको निवास जितपुरसिमरा उपमहानगरपालिकाको बडहर्वा सम्म पुर्याएर विदाई गरेका हुन् ।

शिक्षक पौडेलले २०३७ साल फागुन २५ गतेमा शिक्षण पेशा सुरु गर्दा आफु १८, १९बर्षको थिंए । त्यही उमेरबाट पेशामा जोडिएको बताउनु भयो । कक्षा ३ सम्मको विद्यालयमा शिक्षकका रुपमा प्रवेश गरेर ११ बर्ष अस्थाई रुपमा काम गरें । २०४८ सालमा स्थाई भएको थिँए । ६० बर्षे उमेर हदका कारण गत ७ गते अनिवार्य अवकास भएको हुँ , पौडेले भन्नु भयो ।

३ कक्षा सम्मको विद्यालय थियो । ५० जना विद्यार्थीका हामी ३ जना शिक्षक थियौं । विभिन्न आरोह अवरोह पारगर्दै विद्यालयलाई प्सल टु सम्म आफ्नै जीवनकालमा संचालन गर्न सफल भयौं यो ठुलो उपलब्ध हो, उहाँले भन्नु भयो ।

एउटै विद्यालयमा ४२ बर्षकाम गर्ने जुन सौभाग्य प्राप्त भो यसमानेमा धेरै हर्षित छु , खुशी छु । मैले ३ जना शिक्षक सहित ५० जना विद्यार्थी पाढाएको विद्यालयमा आज ३५ जना शिक्षक कार्यरत हुनुहुन्छ भने ८ सय विद्यार्थी अध्यायनरत छन् यो मेरालागि गर्वको विषय हो ।

अवकाशपछिको समय समाजसेवामा खर्चने योजना बनाएको छु, पौडेलले भन्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय