पुष्पराज खतिवडा
१० माघ ,बारा: सरकारी अनुदानको रसायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भै आएको भारतीय युरिया मल बजारमा छ्याप्छ्याप्ती भएको छ । सरकारले प्रयाप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा बालि लगाउने बेलामा भारतीय गुणस्तरहिन अबैध मल किन्न किसान बाध्य बनेका छन् ।

सिमामा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मोटो रकम बुझाउँदै भित्रिने भारतीय मल सदरमुकाम कलैयामा छ्याप्छ्याप्ती भएको हो । महँगो र गुणस्तरहिन भएपनि नेपाली मलको अभावमा भारतीय मल किन्नु परेको किसानहरु बताउँछन् ।

नेपाली यूरिया मल ८ सय देखी ९ सय सम्म पर्छ । तर पाईदैन । स्थानिय सहकारी संस्थाले मल ल्याउन नपाएको धेरै दिन भएको छ । मकै बालिलाई मल अत्यावस्यक भैसेकाले बाध्यताले भारतीय मल किन्नु परेको बारा कलैया उपमहानगरपालिका १६ उत्तरझिट्कैंयाका किसान राजु पटेलले बताए ।

भारतबाट चोरबाटो हुँदै धामाधम मल आएकै छ । सिमामा प्रहरीलाई नमिलाई ल्याउन गाह्रो छ । प्रहरीसँगको मिलेमत्तोम मल तस्करहरुले दैनिक पचासौं मोटरसाईकलमा ५ बोरा सम्म लोड गरेर मल आउने गरेको कलैयाका एकजना ब्यपारिले बताए ।

यसरी भित्रीएका रसायनिक मल यूरिया १ हजार ३ सय देखी १ हजार ३ सय पचास रुपैंया सम्म विक्रि भैरहेको छ । खुद्रा ब्यपारिले भारतबाट मल ल्याउने मत तस्करहरुसँग १ हजार दूईसय सम्म किन्ने गरेको उनले बताए ।

“सरकारले प्रयाप्त दिन सक्दैन । किसानको जिवन त चोरी पैठारीबाट आउने मलले नै चलाएको छ । सिजनका सरकारको भरपर्ने अवस्था छैन । सरकारी अनुदानको मल अभावमा मंहगो मुल्यमा भारतीय मल किन्न बाध्य छौं,” अर्का किसान सिमा यादवले बताईन् ।

फोटोमा :सोमबार कलैया बजारमा भारतीय मल झार्दै विलेकिहरु ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय