पुष्पराज खतिवडा
१५ माघ, बारा:
जितपुरसिमरा उपमहानगरपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न हुने २० लाख रुपैंयाम सम्मका योजना सम्झौता लगायतकाको काम वडाबाटै गर्नेगरी अख्तियारी दिएको छ ।

स्थानिय सरकार संचालन २०७४ को दफा ७३ को उपदफा २ मा प्रमुख प्रशासकिय अधिकृतले आफ्नो अधिकार प्रत्यायोजन गर्न सकिने कानुनी ब्यवस्था मुताविक अख्तीयारी दिईएको बताईएको छ ।

आईतबार उपमहानगरपालिकाले २४ वटै कार्यालय र सचिबहरुलाई पत्र लेख्दै अख्तियारी बारे जानकारी गराएको हो । जितपुरसिमरा उपमहानगरमा चालु आर्थिक बर्ष २०७९।०८०को वडा स्तरिय पूजीँगत योजनाहरु, ब्यवसाय दर्ता र उपभोक्ता समितिको दर्ता तथा सम्झौताको अधिकार अब वडा सचिबको हुने भएको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोखरेलले लेख्नु भएको अख्तियारी पत्रमा २० लाख सम्मको वडा स्तरिय योजनाको सम्झौता गर्ने, कार्यादेश दिने स्थायी सेवामा कार्यरत वडा सचिबहरुबाट सम्पन्न गर्ने भनिएको छ ।

वडा भित्रका जैविक तथा वातावरणीय प्रभाव पार्ने र ठुला उद्योग बाहेकका साना ब्यवसायीको ब्यवसाय दर्ता, नविकरण, नामसारी र ठाउँसारी कार्य गर्ने उल्लेख छ ।

यसैगरी उपभोक्त समितिबाट सम्पन्न गरीने योजनाहरुको सम्बन्धमा उपभोक्ता समितिको दर्ता र नविकरण गर्ने गर्ने उल्लेख छ । यसरी गरीने कामको अख्तियारी स्थाई सेवामा कार्यरत वडा सचिवहरुलाई मात्रै दिएको छ ।

फोटोमा : उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृतले वडा सचिवलाई लेखेको पत्र ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय