२० माघ,बारा: रोल्पाबाट बारामा सुरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरकृया गर्नुभएको छ ।

विहिबार जिल्ला प्रशासन कार्यालय बाराको प्रजिअ कक्षमा पत्रकारहरुसँग जिल्लाका खास समस्या पहिचान र तिनका समाधानका लागि चौथो अंगको सहयोगको अपेक्षा गर्नु भयो ।

पत्रकारहरुले जिल्लाको शान्ति शुरक्षा, भ्रष्टचार , ढिलासुस्ती, चोरी,तस्करी लगायतका समस्या समाधानका लागि प्रजिअको ध्यानाकर्षण गराएका थिए । यस्तै किसानले सयममा रसायनिक मल नपाएको, खेतमकै उखु सुकेर भोगिरहेका पिडामा जिल्ला प्रशासनले उचित भुमिका नखेलेको बताएका थिए ।

उनीहरुले जिल्लामा बढ्दो अपराध, अबैध मदिराको खुल्ला कारोबार, बढ्दो लागुऔषध दुब्र्यसन नियन्त्रणमा प्रभावकारी भुमिकाको प्रजिअ सापकोटासँग अपेक्षा राखेका थिए ।

पत्रकारहरुले शान्ति प्रकृया पश्चात २०६४ सालमा तत्कालिन मओवादी कार्यकताबाट विभत्स हत्या गरिएका जिल्लाका पत्रकार विरेन्द्र साहको हत्यामा संलग्न ब्यक्ति केही अझै पक्राउ पर्न नसेकोमा गुनासो समेत गरेका थिए ।

पत्रकारहरुको सुझाव सहितका अपेक्षा सुनेपछि प्रजिअ सापकोटाले समस्या समाधानमा कटीबद्ध हुने बताउनु भयो । “तपाईहरुको जिल्लामा भखर्रै आएको छु । शान्ति शुरक्षालाई मजबुद बनाउनु मेरो दायित्व हो । जिल्लाबासीलाई त्यसको प्रत्याभुति हुने छ । यस बाहेक यहाँका समस्या समाधनमा आजैबाट लाग्ने छु ,” प्रजिअ सापकोटाले भन्नुभयो ।

यहाँहरुले अपेक्षा राखेका कतिपय विषय गम्भीर प्रकृतका पाईए । ती विषयमा अध्यायन गरेर अगाडी बढ्छु । केही विषय मेरो मातहत पर्दैनन् । त्यस्ता विषय पालिकाहरुको अधिकार क्षेत्रमा पर्ने भएपनि समन्वय अवस्य हुने छ, उहाँले भन्नु भयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय