२१ माघ मनहर्वा,बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को उचिडीका शनिबार विहान सम्पन्न रक्तदान कार्यक्रममा १ जना महिला सहित ५२ जनाले रक्तदान गरेका छन् ।
स्थानिय यूर्निभर्सल यूथ क्लब द रुरलले कार्यक्रमको आयोजना गरेको हो । उचिडी स्थीत आधारभुत स्वास्थ्य सेवा केन्द्र परिषरमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्लेले गर्नु भएको थियो ।
रक्त संचार विरगंजका प्राविधिकहरुको समुहले रगत संकलन गर्नुभएको हो ।
कार्यक्रममा वडा नं.१७का अध्यक्ष भिम बहादु गंतान, आयोजक क्लबका अध्यक्ष कविराज वाग्ले, सदस्यहरु शंकर दाहाल, रविन पराजुली, श्याम न्यौपानले, सुनिल न्यौपाने, राजेश खत्री लगायतकाले रक्तदान गर्नु भएको थियो ।