पुष्पराज खतिवडा
२२ माघ ,बारा: मेशिनबाट उखु काट्न प्रशासनको रोक लगाएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–१६, श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड कमिकल ईन्डष्ट्रिज प्रा.लि.को आग्रहमा प्रशासनले प्रहरी लगाएर मेशिन प्रयोगमा रोक लगाएको हो ।

रौतहटको कटहरीया नगरपालिका–९ डुमरियामा रहेको बाबाबैजुनाथ सुगर एण्ड केमिकल ईन्डष्ट्रिज प्रा.लि.ले उखु काट्ने मेशिन बारामा भित्त्र्यापछी रिलायन्सले प्रशासन गुहारेको हो ।

उद्योग मन्त्रालयमा चिनि उद्योगिहरुका विचमा एउटा उद्योगको २५ किलोमिटर क्षेत्र आसपास अर्को उद्योग प्रवेश नगर्ने सहमती रहेछ ।
सोही सहमतीलाई आधारमा स्थानिय रिलायन्स उद्योगको निवेदन जिल्ला प्रशासन हुँदै मकहाँ आएपछि पुलिस पठाईएको हो ।

आईतबार जिल्ला प्रशासन कार्यालय बारामा दुबै चिनि उद्योगका प्रतिनिधिलाई छलफलका लागि बोलाईएको छ, बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगट्टीले बताउनु भयो ।

काट्न थालेको मात्रै उखु काट्ने र आजका लागी बाँकी उखु नकाट्ने किसान, रौतहटका प्रतिनिधि र प्रहरी विच सहमतीपछि खेतबाट प्रहरी फिर्ता भएका हुन् उहाँले भन्नु भयो ।

अपराहन्न जितपुरसिमरा उपमहानगरपालिका १८ को बंकुल सराईमा रंजना कुमारी आलेले मेशिन मार्फत उखुकाट्न थालेपछि प्रहरीले मेशिन संचालनमा रोक लगाएको हो ।मेशिन संचालनमा रोक लगाईएपछि स्थानिय किसान आक्रोशित बनेका छन् ।

स्थानिय चिनी उद्योगले चलान नदिएको सर्बे नभएको भनि दुःख दिँदै आएपछि बाध्य भएर अर्को जिल्लाको मिलको सहरामा उखु विक्रि गर्न लाग्दा रोक्ने काम गरेको भन्दै रंजनाले आक्रोश ब्यक्त गर्नु भयो ।

बारामा रहेको चिनी मिलले किसानलाई दुःख दिएपछि अर्को जिल्लाबाट मेशिन झिकाएर उतै उखु विक्रि गरेको रंजनाका बुवा हस्त बहादुर आलेले बताउनु भयो ।

कलैया उपमहानगरपालिका २४ सखुईका बलिराम पटेलले रौतहटबाट बारामा मेशिन ल्याएका हुन् । उनका अनुसार मेशिनले सिधा उखुभए एकदिनमा १० विगाह काट्ने बताउनु भयो ।

बाबाबैजुनाथ सुगर एण्ड कमिकल ईन्डष्ट्रिज प्रालि.का प्रतिनिधि समेत रहेका पटेलले भने मेशिन उखु काट्ने ढुवानी हामी आफैं गछौं । सरकारले तोकेको मुल्यमा एकहप्तामा भुक्तानी गछौं । यसबाट कामदार नपाउने, समयमा चलान नपाउने पाए सयममा तौल नहुने जस्ता समस्यामो समाधन मेशिनले दिने बताउनु भयो ।

फोटोमा : उखु काट्दै मेशिन ।

खेतबाट उखु काटेर मिल सम्म लगेको ज्याल किसानले प्रति क्विन्टल १३० रुपैंया मात्रै तिर्नुपर्छ । जुन काटेर मिलले एकहप्तामा किसानलाई भुक्तानी गर्ने उहाँले बताउनु भयो ।

हामी किसान हौं । हामीलाइृ सहज हुने स्थानमा उखु बेच्न पाउनु पर्छ । चलान, कामदार ,ढुवानी साधन समेत नपाएर समयमा उखु बेच्न नपाउँदा समस्यमा परेका हामीलाई मेशिन आएपछि राहत भएको स्थानिय किसान तिलक बहादुर गुरुङ्गले बताउनु भयो ।
उहाँका अनुसार समयमा चलान अनी उखु काट्ने कामदार पाँईदैन ।

कामदारलाई प्रति क्विन्टल १२० रुपैंया सम्म ज्याला र ६० ढुवानीको तिर्नु पर्छ । त्यसमाथी खाजानास्ता डाईभर खुराकी समेत लाग्दा महगो परिरहेको हुन्छ । मेशिनलाई १३० दिएर कटाउँदा किसानलाई राहत हुन्छ,उहाँले भन्नु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय