नवराज घिमिरे
२६ माघ , बारा: इस्लामिक रिलिफ आइआर नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले आफ्ना ३ साझेदार गैर सराकारी संस्थाका ३० जनालाई समाजिक परिचालन तालिम प्रदान गरेको छ ।
आइआरकै आर्थिक सहयोगमा संचालित समुदाय उत्थानशिलता सुदृढिकारण (एससिआर) तथा उत्थानशिल समुदायको निर्माण (बिआरसी) परियोजनामा संलग्न बारा, सर्लाही र महोत्तरी जिल्लाका ३० जनालाई तालिम दिएको हो ।
विहिबार सम्पन्न तालिममा समुदायवासीसँग भएका क्षमता पहिचान गराई उनीहरुकै संलग्नतामा सामुदायिक समस्या समाधान गराउन आवस्यक विधि तथा प्रकृयाबारे तालिममा सिकाइएको थियो ।
तालिम समापन सत्रमा आफ्नो अनुभव सुनाउँदै साझेदार संस्था जनजागरण युवा क्लब जेजेवाइसीका सामुदायिक परिचालक सुरेश यादवले एकै पटकमा धेरै प्रकारका तथ्यांक संकलन गर्न सकिने तरिका तालिममा सिकेको कारण अब पहिलेको तुलनामा दौडधुप कम हुनेमा विश्वस्त भएको बताए ।
त्यस्तै साझेदार संस्था वाग्मती सेवा समाज सर्लाहीका विजय कुमार यादवले सामुदायिक परिचालकले समुदायलाई पाच्य हुने भाषा, भेष, बोलीचालिको प्रयोग तथा सहि सञ्चारका माध्यमले सहभागितामुलक समस्या टिपोट, प्राथमिकिकरण र समाधानका उपाय सहित योजना निर्माण र कार्यान्वयनबारे सिकाई भएको बताए ।
यसैगरी दलित उत्थान सेवा समिति महोत्तरीका शम्भु प्रसाद चौधरीले ३ दिने तालिमले सिकाएका शैद्धान्तिक ज्ञानलाई तोस्रो दिन महागढीमाई नगरपालिकाको वडा नं. १ मा गठित नुरी, हरियाली र गढीमाई कृषक महिला समुहमा व्यवहारिक प्रर्दशन गर्न पाएकोले तालिम साँच्चिकै सिकाइमुलक भएको बताए ।
माघ २४, २५ र २६ गते गरी ३ दिन कलैया स्थित होटल करणराज प्यालेसमा चलेको तालिममा भरत सहनी र राम नारायण साहले प्रशिक्षण दिएका थिए ।
तालिममा साझेदार संस्थाका पदाधिकारी, परियोजनाका कर्मचारीहरु, आइआरका प्रतिनिधी इच्छा बहादुर थापा मगर, आशिष सिंह लगाएतको सहभागिता रहेको जेजेवाइसि बाराका कृषि प्राविधिक प्रभु प्रसाद यादवले जानकारी दिए ।