पुष्पराज खतिवडा
१ चैत्र ,बारा: सरकारले रसायनिक मलको मूल्यमा भारी वृद्धि गरेको प्रति साना किसान कृषि सहकारी संघ बाराले आपत्ती जनाएको छ । किसानलाई दिँदै आएको सुविधा काटेर सरकारले अन्याय गरेको बारा संघले जनाएको हो ।

बुधबार एक विज्ञप्ती जारी गर्दै कृषि संघ बाराले किसानलाई समयमा मल समेत उपलब्ध गराउन नसकेको सरकारले यसअघि दिँदै आएको अनुदानमा समेत कैंचि लगाउँदा किसान थप मर्कामा पर्ने उल्लेख गरेको छ ।

“नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पु¥याउने रासायनिक मलमा अनुदान कटौती गरी मूल्यवृद्धि गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कृषकलाई ठूलो आर्थिक भार पार्नेगरि गरिएको मूल्यवृद्धिको हामी विरोध गर्दछौं,” संघका अध्यक्ष मिश्रीलाल सहनीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

संघले सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरेको छ , विज्ञप्तीमा भनिएको छ । सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गर्दछौं । ‘नेपाल कृषि प्रधान देश हो र यहाँका करिब ७० प्रतिशत जनसंख्या प्रत्यक्ष कृषि पेसामा जोडिएका छन् । हामी हाम्रो देशको खाद्य सुरक्षा, गरिबी निवारण, आर्थिक समृद्धि, निर्यात र व्यापार घाटा न्यूनीकरण तथा आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने क्षेत्रको रूपमा बुझ्न पनि आग्रह गर्दछौं ।

अनुदान कटौटी गगरी गरिएको मुल्य वृद्धिको भत्सर्ना गर्दै कृषि संघले नेपाली कृषकहरूको अत्यावश्यक जरुरीका रासायनिक मल, बीउ, किटनाशक औषधी, सिँचाई, बजार व्यवस्था जस्ता कुराहरू सधैँ भोन्नु परिरहेका बेला गरिएको मुल्य वृद्धिले किसानका समस्या समाधान गर्नुको साटो उल्टै प्रत्यक्ष मार पार्ने काम भएको बताएको छ ।

मूल्यवृद्धि गरिनुलाई ‘किसानमारा’ नीतिको रूपमा लिन सकिन्छ । यसबाट राज्यले किसानलाई हेर्ने दृष्टिकोण उदाङ्गो भएको छ । आफूलाई परिवर्तनकारी तथा अग्रगमनका हिमायती भन्ने सत्तासीनहरूल गरिब, विपन्न र निमुखा जनताको हितमा कहिले नसोच्ने कार्यकोे संघ घोर भत्र्सना गर्दछ ।’

कृषि क्षेत्रलाई कमजोर सिद्ध गरी आयातलाई थप प्रवर्द्धन गर्ने निहित स्वार्थ प्रेरित किसानमारा कार्य हो । किसानलाई प्रोत्साहन दिई कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख मानक बनाउनु पर्ने समयमा यस क्षेत्रप्रति राज्यको असंवेदनशील, गैर न्यायिक तथा हेपाहा व्यवहार गरेको संघले ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय