४ चैत्र,मनहर्वा:जितपुरसिमरा उपमहानगरपालिका वडानं.१८ बडहर्वामा रहेको मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा आयोजना गरेको आँखा शिविरमा १८६ जनाले आफ्नो आँखा जँचाए ।
आँखा जँचाएकाहरु मध्य २२ जना मोतिया विन्दुका विरामी फेला परेका छन् । उनीहरुको यसैसाता निःशुल्क शल्यक्रिया गरिने शिविर आयोजक क्लबका सचिव जगदिप कोईरालाले जानकारी दिए ।
तिलगंगा आँखा अस्पताल काठमाण्डौंको शाखाका कार्यालय सामुदायीक आँखा अस्पताल निजगढको सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा आएका विरामीहरुको तिलगँगा आँखा अस्पतालका नेत्र साहायक दिपक सुवेदी, कृष्ण दुलाल, सुरुचि महर्जन र त्रिषा थापाले आँखा परिक्षण गरेका थिए ।