१० चैत्र, बारा:जितपुरसिमरा उपमहानगरपालिका भित्रका सहकारी संस्थाहरुले चैत्र २० गतेका दिन भब्य रुपमा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने निर्णय गरेका छन् ।

सुक्रबार प्रस्तावित नगर सहकारी संघका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा बसेको बैठकले सहकारी दिवसलाई भब्य रुपमा मनाउने निर्णय गरेको हो । बाराको सिमरा स्थीत सिमरा महिता बचत तथा ऋण सहकारीमा बसेका सहकारीकर्मीहरुको भेलाले यस्तो निर्णय गरेको अध्यक्ष लम्सालले जानकारी दिनु भयो ।

जितपुरसिमरा उपमहानगरपालिकाको अगुवाईमा नगरभित्रका सहकारीको सहभागितामा कार्यक्रम गर्न लागिएको हो । नेपालमा पहिलो सहकारी स्थापना भएको सम्झनामा हरेक बर्ष चैत्र २० गतेका दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउँदै आएका छौं ।

२०१३ साल चैत्र २० गते चितवनमा बखान सहकारी स्थापना भएको थियो । सोही दिनलाई सहकारी अभियानले दिवसको रुपमा मनाउँदै आएको छ । यस बर्षपनि उक्त दिन नगरभरीका सहकारीहरुबाट सहकारीकर्मीहरु एकठाउँमा भेलाभई दिवस बनाउन लागेका हौं, अध्यक्ष लम्सालले भन्नु भयो ।

यस्तै भेलाले अध्यक्ष लम्सालकै संयोजकत्वमा ५ सदस्य नगर सहकारी संघको विधान मस्यौदा समिति बनाएको छ । जस्मा रत्न उप्रेती, पूर्णचन्द्र तिमिल्सीना, पुष्पराज खतिवडा र होम बहादुर रकाल सदस्य रहनु भएको छ । समितिले जितपुरसिमरा उपमहानगरपालिकाको सहकारी ऐन २०७५ मा भएको ब्यवस्था अनुसार नगर सहकारी संघको विनियम मस्यौदा गर्ने जनाईएको छ ।

भेलामा जिल्ला सहकारी संघ लिमिटेट बाराकी कोषाध्यक्ष नयनकला खड्का, संचालक मुकुन्द बहादुर क्षेत्री , हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष क्षमादेवी अधिकारी, औराहा पशुपालक कृषि सहकारी संस्थाका अध्यक्ष रमेश खरेल,जनकल्याण बचत तथा ऋण सहकारी संस्थाकी कमला घिमिरे लगायत २० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय