१६ चैत्र सिमरा,बारा:विहिबार सिमरामा एकदिने वित्तिय शाक्षरता प्रशिक्षक प्रशिक्षण तथा प्रगती शमिक्षा गोष्ठी सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाको आयोजनामा गोष्ठी भएको हो ।

सीप परियोजना कार्यान्वयनमा रहेका बारा, पर्सा र रौतहटका ३२ वटा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष एवं प्रबन्धकहरुको सहभागितामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहकारीहरुले पछिल्लो समय साना किसान परिवार सदस्यहरुलाई कर्जा दिएर बैदेशिक रोजगारीमा पठाएको संख्या र कर्जाका विषयमा शमिक्षा गरिएको थियो । भने वित्तिय शाक्षरताका सम्बन्धी सहभागिलाई प्रशिक्षण दिइएको थियो । साना किसान विकास लघुवित्त वित्तिय संस्थाका तथ्याकं अधिकृत उज्वल दाहालले प्रशिक्षण दिनुभएको हो ।

साना किसान विकास वित्तिय संस्था लिमिटेडले साना किसान कृषि सहकारी संस्थाहरु मार्फत सीप परियोजना संचालन गर्दै आएको छ । कार्यक्रम अन्र्तगत सहकारीका सदस्य परिवारबाट दुबई,कतार ,मलेशिया र बहराईन जस्ता खाडी मुलुकमा रोजगारीमा जान चाहनेलाई ३ लाख रुपैयासम्म कर्जा उपलब्ध गराउनुको साथै वितिय शाक्षरता तालिम दिने गर्दछ ।

यस्तै तीनबर्ष भित्र विदेशबाट फर्किएर स्वादेशमै उद्योग ब्यवसाय गर्न चाहने यूवा वा यूवा समुहलाई एक करोड सम्मको कर्जा दिने कार्यक्रमका रुपमा सीप परियोजनाले काम गरिरहेको साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडकी कार्यक्रम प्रबन्धक ईशा केसीले जानकारी दिनु भयो ।

कार्यक्रम लुम्बीनि र मधेश प्रदेशका ६ वटा जिल्लामा संचालनमा रहेको प्रभावकारी भैरहेको पनि उहाँले बताउनु भयो ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौडाका ईलाका प्रबन्धक कृष्ण कुमारी शर्मा, अधिकृत लक्ष्मी प्रसाद पोखरेल, सीप परियोजनाका फिल्ट सहजकर्ता पुष्पराज मैनाली , साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय