पुष्पराज खतिवडा
बारा
१७ चैत्र २०७९
आजबाट सुरु भएको एसईई परिक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परिक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थीत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भैरहेका बेला परिक्षार्थी साहले लुकाई लगेको मोबाईलबाट प्रश्नपत्र लिक गरेका थिए । उनले पश्नपत्रको पहिलो पन्ना सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।

यसै घटनालाई लिएर त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षक सहित ५ जना निलम्वनमा परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष दिनेश प्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, विजय प्रसाद चौधरी र निरिक्षकहरु कुन्दन प्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बन गरीएको हो ।

प्रश्नपत्र आउट गर्ने साहको सिम्बल नं.०३६०२९४६ भि हो । उनी सोही पालिका स्थीत जनता माध्यमिक विद्यालय कचर्वाका परिक्षार्थी हुन् । उनको आजको मात्रै परिक्षा रद्द गरिएको प्रजिय सापकोटाले जानकारी दिए ।

प्रश्नपत्र बाहिरिएको सुचना पाएलगतै पुगेका बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले घटनाको छानविन गरेका थिए । म आफैं घटना स्थलमा पुगेर घटनाको छानविन गरेको हँु । प्रश्नपत्र बाहिरिएको भनई प्रयास मात्रै भएको र सोको प्रभाव नपरेकाले परिक्षा रद्द गर्ने कुरै भएन , प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । यद्यपी परिक्षा केन्द्रमा लापरवाही भएकाले केन्द्राध्यक्ष लगायतलाई निलम्बन गरी अरुलाई खटाएका हौं, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय