१७ चैत्र,बारा:मानव अधिकार तथा शान्ति समाज बारा शाखाले “लोकतन्त्रको १७ बर्ष : संक्रमणकालिन न्याय अलपत्र” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
सुक्रबार बाराको सिमरा स्थीत होटल सम्यकमा गरेको कार्यक्रममा विभिन्न वक्ताले लोकतन्त्रको अनुभुति जनताले अझै गर्न नसकेको धारण ब्यक्त गरे ।
,जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१का वडा सदस्य राकेश सुब्बाको प्रमुख आतिथ्यतामा भएको काक्रममा वक्ताहरुले जनयूद्धका नाममा भएको दशबर्ष लामो संघर्षका क्रममा भएका पडितले अझै न्याय नपाउनु दुःखद् भएको बताए ।
संक्रमणकालिन न्याय सम्पादन हुन नसक्नुमा राजनैतिक दलहरुको अशक्षता भएको उनीहरुको भनाई थियो ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१का अर्का वडा सदस्य उद्ध्व प्रसाद गौतम्, नेपाली काँग्रेस जितपुरसिमरा नगर सभापती छविलाल शर्मा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष हरि थपलिया, बारा शाखाका पूर्व अध्यक्ष रघुनाथ लामिछाने, नेकपा एमाले नेतृ भावना आचार्य, समाजसेवी सुर्यनाथ अधिकारी लगायतले बोल्नु भएको थियो ।
अन्तरकृयाको अवसरका विशेष प्रस्ताव पास गर्दै शान्ति समाज बाराले मधेश प्रदेशका विभिन्न जिल्लाबाट मिटर ब्याजी विरुद्ध न्याय खोज्दै काठमाण्डौं पुगेका सोझा सिधा जनताको मानव अधिकारका रक्षा र न्यायका लागि पहल गर्न केन्द्रिय समितलाई आग्रह गर्ने निर्णय गरेको छ ।
मिटर ब्याजी र विभिन्न प्रकारका अन्याय खेप्दै आएका निमुखा जनतालाई दिन सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको शान्ति समाज बाराका सचित लक्ष्मण साहले जानकारी दिए ।