२० चैत्र, बारा: सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । जितपुरसिमरा उपमहानगरपालिका बाराको आयोजनामा जितपुर बजारमा प्रभातफेरी सहित कार्यक्रम गरिएको हो ।

गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी , सहकारीको दिगोपन स्वनियम र सुशासन, सहकारी एक सेवा अनेक भन्ने विभिन्न सहकारी नारा लेखिएका प्लेकार्ड ब्यानर सहित निस्कीएको प्रभात फेरी जीतपुर स्थीत गौशाला मैदानमा कार्यक्रममा परिणत भएको थियो ।

उपमहानगरपालिका प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बाराका अध्यक्ष अशोक जैसवाल, साना किसान कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष मिश्रीलाल सहनी, बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुर, सहकारी पत्रकार समाज बारा अध्यक्ष पुष्पराज खतिवडा, नगर सहकारी समन्वय समितिका सदस्य मुकुन्द्र बहादुर क्षेत्र, नगर सहकारी संजाल बाराका अध्यक्ष अनिता लम्साल अधिकारी लगायतले बोल्नु भएको थियो ।

कार्याक्रमका अवसरमा नगरमा नियमित मासिक प्रतिवेदन पुर्याउने जनकल्याण बचत तथा ऋण सहिकारी संस्था सिमरा, सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र होटल तथा पर्यटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको थियो ।

कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षता , कार्यपालिका सदस्य एवं वडा नं.२१का अध्यक्ष सुभाष श्रेष्ठको स्वागत र सहकारी शाखा प्रमुख सुधन चौधरीको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा नगरक्षेत्रका अधिकांस सहकारी संस्थाका संचालक कर्मचारीहरुको सहभागिता थियो । नगरमा ९२ वटा सहकारी संस्था रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

नेपालमा पहिलो पटक २०१३ साल चैत्र २० गतेका दिन चितवनमा बखान सहकारी संस्था स्थापना भएको थियो । साहीदिनको सम्झनामा रहेकबर्ष चैत्र २० गतेका दिन राष्ट्रिय सहकरी दिवस मनाउने गरिएको हो ।

यसैविच जिल्ला सहकारी संघ बाराको अगुवाईमा जिल्लाको सदरमुकाम कलैयामा समेत प्रभातफेरी गरी ६६ औं राष्टिय सहकारी दिवस मनाईएको जिल्ला संघकी कोषाध्याक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।

जिल्ला सहकारी संघको कार्यालयबाट निस्कीएको सहकारीकर्मीहरुको र्याली भरतचोक पुगेर समापन भएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय