२९ बैशाष ,बारा: अनुचित लनदेन( मिटर ब्याज) जाँचबुझ आयोगले सुक्रबार बारामा सुझाव संकलन गरेको छ । आयोगका अध्यक्ष गौरी बहादुर कार्की सहित आयोग सदस्यहरु उत्तमराज सुवेदी, गणेशबाबु अर्यालको उपस्थिीतिमा कलैयामा सर्वपक्ष भेलाको आयोजना गरी जिल्लामा मिटर ब्याज पिडितका अवस्थाको बारेमा सुझाव लिईएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, पालिका प्रमुखहरु, पार्टी प्रतिनिधीहरु ,पत्रकार, नागरिक अगुवा एवं पिडितका प्रतिनिधिहरु सहभागि थिए । कलैया उपमहानगरपालिकाको सभाकक्षमा आयोजित भेलामा जिल्लामा मिटर ब्याज पिडतको अवस्था र उनिहरुको शुरक्षा सम्बन्धमा सुझाव मागिएको थियो ।

जिल्लाको अवस्था बारे भेलालाई जानकारी गराउँदै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा मिटर ब्याज पिडितको अवस्था भयावह रहेको बताएका छन् । उनले जिल्लामा ५३० जना पिडितले उजुरी दिएकोमा २८ वटा उजुरी मात्रैको समस्या समाधान भएको बताए ।

आयोगले बैशाष ३० गते सम्मका लागि पिडितलाई निवेदन दिन भनेकोमा सोको अवधि बढाएर २०८० जेष्ठ ७ गते सम्मका लागि म्याद थपेको छ । पिडितलाई जिल्ला प्रशासन कार्यालय बारामा गई निःशुल्क निवेदन दिन सकिने सहज ब्यवस्था मिलाईएको उनले बताए ।

प्रजिअ सापकोटाका अनुसार परेका निवेदनहरुक अध्यायन गर्दा २४ हजार कर्जा लिएकोमा २ लाख ४० हजार रुपैंयाँको कागज गराईएको पाईयो । लघुवित्तका कर्मचारीहरुले सदस्यसँग पैसा असुलेर ऋण नकाटिदिएको भन्ने उजुरी पनि परेका छन् ।

सोझासिधा मानिसहरुलाई बाध्यतामा पारि पैसा लिएर उल्टै मुद्दा मामिला गराएर दुःख दिने गरेका घटना समेत भएको पाईएको छ । मिटर ब्याजीको चन्गुलमा पढेलेखेका मानिसहरु समेत पर्ने गरेको पाइएको उनले बताए ।

छलफलमा भाग लिँदै बारागढी गाउँपालिका प्रमुख अशोक कुमार जैशवालले नैतिकताको अभावमा मानिसले मिटर ब्याज जस्तो अपराध गरिरहेको बताए । उनले समाज संचालनका लागि लेनदेन आवश्यक भएको भन्दै अनुचित गर्नेलाई कडा कार्वाही गर्नु पर्ने उनको भनाई थियो ।

यस्तै जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पछिल्लो समय मिटर ब्याजीको हतियारका रुपमा बैंक चेक प्रयोग हुने गरेको बताए । थोरै पैसा दिएर धेरै पैसाको चेक लिने र पछि लिएको कर्जा तिरिसक्दापनि कानुनी झमेलामा पर्नु पर्ने बाध्यता देखिएको उनले बताए । आर्थिक लेनदेनलाई पारदर्शी बनाउने कुरामा वडा कार्यालयहरुलाई दिएको अधिकारलाई प्रभावकारी र यथार्थ परक बनाउने कुरामा जोड दिनु पर्ने उनको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनुचित लेनदेन (मिटर ब्याज) जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले सरकारले मिटर ब्याज पिडितको पक्षमा काम गर्नेगरी कानुन ल्याएको भन्दै अनुचित लेनदेन अपराध भएको बताए ।

घरजग्गानै पास गरी लिने र बढी ब्याज लिएर उठिबास लगाउने कार्य गलन भएकाले यस्ता खाले समस्या समाधानमा आयोगले काम गर्ने बताए । पिडक र पिडित दुवैपक्षलाई एकठाउँमा राखी न्यायोचित लेनदेनमा सहजीकरण गरिने छ ।

भने पिडक समस्या समाधानमा लचक नभए उसको सम्पतीको श्रोतको अनुसन्धान गरि श्रोत नपूग्ने सम्पती जफत गर्ने सम्मको कार्यमा आयोगले काम गर्ने अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय